एक सत्यवादी बिचारधारी युवक,
आफ्ना होनहार सपनाहरूको
कुरुम्तै कुटुरो बोकेर,
आफुसङ्ग भएको शिक्षालाई
प्रेरणाको थैलो बनाएर,
एउटा नाबालकले जन्मदिनमा
खुसीले मिठाइ बाडेझैँ,
बाडीरहेको छ आफ्नो ज्ञानको
भन्डारहरुलाई निशुल्क,
जसलाई महसुस गर्दा लाग्छ
त्यो कहिल्यै रितिदैन,
अध्यारो रातमा उदाएका जुन झैँ
टल्मलाउने सपना देखेर,
अत्यासमै काटीरहेको छ कयौं
कहालीलाग्दा रातहरू,
आफ्नो खुबीलाई अन्नत जिबनको
परिमुर्ति बनाएर,
लागिरहेको,लागिरहेको निरन्तर ऊ।।
लेखिका : सरला खनाल
गोर्खा,आरूघाट,आरूपोखरी









