असार÷१० गोरखा । पालुङटार नगरपालिकामा मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज सोल्टीमोड काठमाण्डौ बि.पी.एच तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले नगरपालिकाको स्वास्थ्य प्रणाली बारे अध्ययन गरेका छन् । विद्यार्थीहरुले नगरपालिका भित्रका स्वास्थ्य संस्थाले नागरिकहरुलाई पु¥याएको स्वास्थ्य सेवा प्रणालीको बारेमा सोमबार एक कार्यक्रमका बिच २ महिने अध्यन प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
सोमबार अन्तिम प्रस्तुतिकर्ण कार्यक्रमको प्रतिबेदन प्रश्तुत गर्दै मनमोहन कलेजका बि.पी.एच १० औं ब्याचमा अध्यन गरेका विधार्थीहरु सुरेन्द्र शाह, सुजन थापा, उदितनारायण मण्डल, रानी पण्डित, सृष्टि सुबेधी, समृधी लम्साल लगायतका विद्यार्थीहरुले नगरपालिकाको स्वाथ्य अबस्थाको बारेमा जानकारी गराएका थिए । नगरपालिकाले नागरिकहरुलाई स्वास्थ्य प्रणाली अध्यन , आलोचनात्मक विश्लेष्ण , पञ्च वर्षीय योजना , भ्उष्मझष्ययिनष्अब िकतगमथ, कार्यहरु गरेको जनाएको छ ।
उक्त छलफल कार्यक्रममा पलुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन, उप–प्रमुख बन्दाना पाण्डे , प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी , स्वास्थ्य शाखा प्रमुख शृजना पोख्रेल, स्वस्थ्य शाखाका कर्माचारीहरु, ईलाका प्रहरी कार्यलय प्रमुख राजेश थापा बिभिन्न शाखाका शाखा प्रमुखहरु लगायत मनमोहन कलेजकी शिक्षिका तृप्ति श्रेष्ठको उपस्थिती रहेको थियो ।
पालुङटार नगरपालिकाको स्वास्थ्य प्रणाली बारे अध्ययन सम्पन्न









