गोरखा । गोरखामा नेकपा एमालेबाट स्थानिय निर्वाचनमा विजयी भएका २ जना वडा अध्यक्ष सहित ३ जनाले नेकपा एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका छन् । पार्टी विभाजन पछी निर्वाचन आयोगले पार्टी रोज्न दिएको समय सिमा सकिनै लाग्दा एमालेका ३ जना जनप्रतिनिधिहरुले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।
सनाखत गर्ने वडाध्यक्षहरुमा आरुघाट गाउँपालिका वडा नं.३ का शिरबल बरामु र आरुघाट गाउँपालिका वडा नं. ५ का नारायणध्वज खड्का त्यसैगरी गोरखा नगरपालिका ८ को वडासदस्य कल्पना नेपाली रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । तिनै जनाले आफै कार्यायलमा उपस्थित भएर सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर अधिकारीले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का जिल्ला अध्यक्ष यादवबहादुर बस्नेतका अनुसार २२ गते सम्म पालिकाका पदाधिकारीहरु आएर सनाखत गर्ने तयारी भई रहेको छ ।
दुई अध्यक्ष सहित तीन जनाले गरे नेकपा एकिकृत समाजवादीमा सनाखत









