आज भोलि मलाइ सबै सग डर लाग्छ ! जन्मनु अघि मेरि आमालाइ डर लागेको थियो कतै छोरि भनी भ्रुण हत्या पो हुन्छे कि भनेर ! आमाको डर सगै आज मलाइ नि डर लागेको छ !
बाबाले मायाले छुदा पनि डर लाग्छ
हजुरबुबाले नातिनी भनी चुम्दा नी डर लाग्छ
काकुले छोरी भनी चक्लेट दिन आउदा नि डर लाग्छ
राम्रो सगँ पढेर आफ्नो भबिस्य बनाहै नानी भन्ने गुरु सग नि डर लाग्छ !
बास्तबमा मलाइ हरेक पुरुषसग डर लाग्छ ! हरेक पुरुषको दृस्टिमा मैले नकारात्मकता पाउछु ! मलाई मेरो दाइ ,भाइ , फुपाजु , छिमेकी अंकल सबै सगँ डर लाग्छ !
दिनहु tv, radio मा भर्खर जन्मेको नानी देखि ७० बर्षकि आमाको बलात्कारको समाचार सुनी रहदा मलाइ सिन्ङ्गो घरसग , समाजसग र रास्ट्र सगनै डर लाग्छ ! बलात्कार पछि हत्या भइ मारिएका दिदी बहिनी र उन्का आमाबाबाको आँसु सम्झदा मलाइ , पसल जान डर लाग्छ , एकान्तमा डर लाग्छ , भिडमा डर लाग्छ , उज्यालोमा डर लाग्छ ,अध्यारोमा डर लाग्छ , सजिब प्राणिको के कुरा पुरुष आकारको त्यो पुत्ला सग मलाइ डर लाग्छ !
बाटोमा हिन्दा हिन्दै , साथिको घर जादा , पढ्न जादा , घुम्न जादा या घरमा बस्दा बस्दै कुन दिन म नि निर्माला बन्छु झै लाग्छ ! हो तेसैले मलाइ हरेल चिज सगँ डर लाग्छ ! दिनहु मेरो बढी रहेको शरीरसगँ डर लाग्छ , ! लाग्छ मलाइ निर्मला बनाउन मेरो शरीरका अंगहरु एसरी वृद्धि भएका हुन ! निर्मला बन्नकै निम्ति म छोरी भएर जन्मिएकी
हु ! सरकार मलाई प्रेम संग नि डरलाग्छ । प्रेममा रहदा त्यो प्रेमी संग डरलाग्छ अनि प्रेम संग भाग्दा ती छ्यापिने एसिड सम्झेर डरलाग्छ । म यो ऐनामा आफ्नो मुहार हेर्न डराउछु किनकी पछि जलेको मुहार हेर्ने हिम्मत छैन म संग ! दाइजो नल्याएर जलाईएकी बुहारी देखेर अब म आगो संग डराउछु बलात्कार पछिको तिरस्कार सहन नसकेर झुन्डिएकि उनलाई देखेर अब म डोरि संग डराउछु सरकार म नारि हु तर नारी शब्द संग डराउछु ।
सरकार तिम्रो घरमा छोरिको जन्म भएको छैन की आखामा कालो चस्मा लाएर बसेको छौ , कति दिन छोरिलाई यौनको प्यास मेटाउने खेलौना बनाउन छोड्ने ? ! तिम्रो , मेरो , हाम्रो देशमा अब अझै पनि कति निर्मला बन्नु पर्ने हो , सरकार कानमा तेल कहिले सम्म हाल्ने हो , न्याय कहिले दिने हो !
बिना डर म मेरो हजुरबुबाको काखमा बसेर कथा कैले सुन्न पाउछु , बाबालाइ घोडा बनाएर कहिले खेल्न पाउछु ! म घर भित्र र बाहिर स्वतन्त्र भएर कहिले बाच्न पाउछु ?
जवाफ दे सरकार न्याय दिने कि मलाइ अर्को निर्मला बन्न ?
कथा – भोलिको निर्मला बन्न नदे सरकार मलाइ !









