गाेरखा । पालुङटारमा रहेकाे लिग लिग बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ऋणीको मृत्यु पस्चात कर्जा मिनाहा हुँदै आएको छ । सहकारी संस्थाबाट ऋणीले व्यक्तिगत प्रयोगका लगेको ऋण चुत्ता नहुँदै ऋणीको मृत्यु भएमा कर्जा मिनाह गर्दै आएको हो । सहकारी संस्थाले ऋणी अभिराम घलेको मृत्यु पश्चात् उहाँको कर्जा मिनाह गरेको संस्थाका म्यानेजर देवराज गिरीले जानकारी दिनुभयो । ऋणी घलेको ६० हजार सावाको÷ व्याज सहित ६८ हजार ८६ रुपैयाँ बराबरको कर्जा मिनाह गरेको म्यानेजर गिरीले जानकारी दिनुयो । सहकारी संस्थाले ऋणी स्व.घलेको आमा निरमाया घलेलाई कृया खर्च स्वरूप ८ हजार एक सय १५ रुपैयाँ रकम हस्तान्तरण गरेको गिरीले जानकारी दिनुभयो । त्यसै गरी लिग लिग बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रबिन्द् देबकोटाले सहकारीले श्रमजीवी जनताको पक्षमा काम गर्दै आएको भन्दै अबका दिनमा पनि यो संस्था उपभोक्ताहरुको सुख दुखको साथी बन्नेमा विस्वास व्यक्त गर्नुभयो । त्यस्तै गरि यस संस्थाले सदस्य कल्याणकारी सेबा अन्तरगत् सुत्केरी सुबिधामा संस्थाका सदस्य सुनिता गिरी, सुन्जु परियार र पिङकि लेकचानलाई सदस्य कल्याणकारी सुबिधा प्रदान गरेको छ ।
लिग लिग सहकारी संस्थामा मृत्यु पश्चात् कर्जा मिनाहा









