जेठ ९, गोरखा । पालुङटार नगरपालिका अन्तर्गत रहेको आपपिपल अस्पतालको कोभिड -१९ आइशोलेशन कक्षमा उपचाररत बिरामीहरुको उपचारमा सहजीकरण गर्नका लागि राधा पौडेल फाउन्डेसनद्वारा अस्पताललाई १ सेट अक्सिजन कन्सन्त्रेटर,१० थान पल्स अक्सिमिटर,१० सेट पिपीई ,१०० थान फेस सिल्ड र २५ थान स्यानेटरी प्याड आज पालुङटार नगरपालिका नगर प्रमुख ई दिपक बाबु कंडेललाई हस्तान्तरण गरेको छ ।
कोरोना महामारीको चपेटामा रहेको नगरपालिकालाई राधा पौडेल फाउन्डेसनद्वारा गरिएको सहयोगले बिरामी उपचारमा ठुलो सहयोग हुने नगर प्रमुख कंडेलले कार्यक्रममा बताउनु भयो ।
नगर प्रमुख कंडेलले उक्त स्वास्थ्य सामाग्री यस नगरपालिकालाई उपलब्ध गराउन समन्वय र सहजीकरण गर्नु हुने राधा पौडेल फाउन्डेसनको अनुपा रेग्मी र नगर शिक्षा समिति सदस्य बम बहादुर थापा लाई बिशेष धन्यवाद पनि दिनुभयो ।
हाल सम्म आँपपिपल अस्पतालले ९ जना कोरोना संक्रमित बिरामीको उपचार गरि सकेको छ भने २ जना उपचाररत छन् । त्यसै पालिकाको वडा न ४ अन्तर्गत रहेको आइशोलेशनमा ३ जना उपचारत रहेको पालुङटार नगर स्वास्थ्यका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताउनु भयो ।









