नेपालको हिमालको काखमा अवस्थित एक सुन्दर गाउँ थियो, जसको नाम थियो हरियाली गाउँ । यो गाउँको नाम जस्तै यहाँको प्रकृति पनि हराभरा थियो । गाउँको चारैतिर हरिया पहाडहरू, झरनाहरू, र वन्यजन्तुहरूले सजिएको थियो । यहाँका मानिसहरू प्रकृतिप्रेमी थिए र उनीहरूको मुख्य जीविकोपार्जन खेतीपातीबाट हुन्थ्यो । तर, आधुनिकता र रासायनिक मलहरूको प्रभावले गर्दा गाउँको परम्परागत खेतीप्रणाली बिस्तारै हराउँदै गइरहेको थियो ।
गाउँको माटो उर्वर थिएन, उत्पादनमा विषादीको मात्रा बढेको थियो र गाउँलेहरूको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव परेको थियो । यस्तो अवस्थामा, एक दिन गाउँमा रमेश नामक एक जवान र जोशिलो युवक आयो । रमेशले कृषि विज्ञानमा उच्च शिक्षा हासिल गरेर शहरबाट आफ्नो गाउँ फर्किएको थियो । उसको मनमा एक ठूलो सपना थियो । आफ्नो गाउँको परम्परागत जैविक खेतीलाई पुर्नजिवित गर्नु र गाउँलाई जैविक प्रमाणीकरण दिलाउनु ।
गाउँमा फर्केपछि रमेशले स्थानीय किसानहरूसँग कुरा गर्न थाल्यो । सुरुमा गाउँलेहरूले रमेशको विचारलाई खासै महत्व दिएन्न् उनीहरूलाई रासायनिक मल र औषधिहरूले चाँडै नतिजा दिने भएकाले त्यसलाई छोड्न मन थिएन । तर रमेशलाई थाहा थियो कि, गाउँको स्वास्थ्य र भविष्यको लागि जैविक खेती अति महत्वपूणर् छ ।
एकदिन गाउँको चौरमा रमेशले एक सभा आयोजना गर्यो उसले गाउँलेहरूलाई जैविक खेतीका फाइदाहरूको बारेमा जानकारी दिन थाल्यो । रमेशले भन्यो, जैविक खेतीले न केवल हाम्रो स्वास्थ्यलाई राम्रो बनाउँछ, तर यसले माटोको गुणस्तरलाई पनि कायम राख्छ । यसरी खेती गर्दा हाम्रो उत्पादन स्वस्थ र प्राकृतिक हुन्छ ।
रमेशको शब्दहरूले केही किसानहरूको मन छोयो । उनीहरूले रमेशलाई आफ्नो विचारलाई कार्यान्वयन गर्न मौका दिने निणर्य गरे । रमेशले गाउँका केही जग्गामा नमुना परियोजना सुरु गर्यो । उसले गोबरको मल, कम्पोस्ट र प्राकृतिक कीटनाशकहरूको प्रयोग गरेर खेती सुरु गर्यो । केही महिनामा नै त्यो जग्गामा उत्पादन राम्रो हुन थाल्यो । गाउँलेहरू अचम्म मान्न थाले । अब उनीहरू रमेशको विचारलाई गम्भीरतापूर्वक लिन लागे ।
रमेशले अझै ठूलो कदम चाल्यो । उसले गाउँको उत्पादनलाई जैविक प्रमाणीकरण दिलाउनको लागि सरकारी निकायहरूसँग सम्पर्क गर्यो । प्रमाणीकरण प्रक्रिया सुरु गर्नका लागि निम्न चरणहरू पालना गर्नुपर्यो ।
१. सुरुमा रमेशले नेपाल जैविक प्रमाणीकरण संस्था (NOCC) मा आवेदन दियो । आवेदनमा गाउँको खेती प्रणाली, प्रयोग गरिने मल र औषधिहरू र खेतीका विधिहरूको विस्तृत विवरण समावेश गरिएको थियो ।
२. NOCC ले रमेशको आवेदन र दस्तावेजहरूको समीक्षा गर्यो । यसमा उत्पादनको रेकर्ड, माटोको परीक्षण रिपोर्ट र जैविक खेतीका अभ्यासहरूको विवरण समावेश थियो ।
३. NOCC का निरीक्षकहरू गाउँमा आएर खेतीको स्थलगत निरीक्षण गरे । उनिहरुले जैविक खेतीका अभ्यासहरूको अवलोकन गरे र किसानहरूसँग अन्तरक्रिया पनि गरे । निरीक्षकहरूले सुनिश्चित गरे कि कुनै पनि रासायनिक मल र कीटनाशकहरूको प्रयोग भएको छैन ।
४. निरीक्षणपछि माटो र उत्पादनको नमूना लिइयो र प्रयोगशालामा परीक्षण गरियो । परीक्षणले उत्पादनमा कुनै पनि हानिकारक रसायन नभएको पुष्टि गर्यो । सबै परीक्षण र मुल्यांकनपछि NOCC ले हरियाली गाउँलाई जैविक प्रमाणीकरणको प्रमाणपत्र प्रदान गर्यो ।
अब हरियाली गाउँको उत्पादनमा जैविक लेबल लाग्न थाल्यो । गाउँको उत्पादन बजारमा लोकप्रिय हुन थाल्यो । जैविक प्रमाणीकरणले गाउँको प्रतिष्ठा बढायो र उत्पादनको मुल्य पनि उच्च भयो । गाउँलेहरूले रमेशलाई धन्यवाद दिए । उनीहरूले महसुस गरे कि रमेशको प्रयासले गाउँको परम्परागत खेतीलाई पुर्नजिवित गराएको मात्र होइन, भविष्यको लागि पनि एक स्थायी मार्ग प्रशस्त गरेको थियो ।
रमेशको साहस र दृष्टिकोणले हरियाली गाउँलाई फेरि हराभरा बनायो । गाउँको नाम जस्तै, अब यहाँका खेतीपाती पनि हरियाली थिए । जैविक प्रमाणीकरणले गाउँलाई आर्थिक रूपमा सबल बनायो र गाउँलेहरूको जीवनस्तरमा परिवर्तन ल्यायो । सबैको मिलिजुली प्रयासले गाउँमा एक नयाँ युगको सुरुवात भयो ।
हरियाली गाउँले अब आफूलाई गर्वका साथ जैविक उत्पादन गर्ने गाउँ भनेर चिनाउन थाल्यो । यहाँका किसानहरूलाई अब थाहा भयो कि प्रकृतिको साथसाथै चल्दा जीवनको प्रत्येक पाटो हराभरा र स्वस्थ रहन्छ । गाउँलेहरूले आफ्नो उत्पादनलाई स्थानीय र अन्तर्राष्ट्रिय बजारमा बेच्न थाले, जसले गर्दा गाउँको अर्थतन्त्रमा पनि व्यापक सुधार आयो ।
एकदिन गाउँमा एक कृषि मेलाको आयोजना गरियो । यस मेलामा विभिन्न ठाउँका मानिसहरू आएर हरियाली गाउँको जैविक उत्पादनको प्रशंसा गरे । रमेशले आफ्नो अनुभवहरू बाँड्यो र जैविक खेतीको महत्वको बारेमा प्रवचन दियो । उसको प्रेरणादायी शब्दहरूले अन्य गाउँका किसानहरूलाई पनि जैविक खेतीतर्फ आर्कषित गरायो ।
गाउँलेहरूको जीवनस्तरमा व्यापक सुधार आयो । गाउँमा अस्पताल, विद्यालय र अन्य सुविधाहरूको निर्माण भयो । जैविक उत्पादनबाट भएको आम्दानीले गाउँका हरेक घरमा समृद्धि ल्यायो । रमेशको प्रयासले मात्र होइन, गाउँलेहरूको एकताले पनि यो परिवर्तन सम्भव भएको थियो ।
हरियाली गाउँको सफलताले अन्य गाउँहरूलाई पनि प्रेरित गर्यो, जसले गर्दा जैविक खेतीको लहर देशभर फैलियो । यो यात्रा एक उदाहरण मात्र हो कि इच्छाशक्ति र सही दृष्टिकोणले के गर्न सकिन्छ । रमेशको अटल निष्ठा, दृढ संकल्प र अथक परिश्रमले गाउँको भाग्यलाई परिवर्तन गर्यो अब हरियाली गाउँलाई सबैले जैविक खेतीको प्रतीकको रूपमा हेर्न थालेका छन् ।
यो कथा एक प्रेरणादायी कथा हो, जसले हामीलाई देखाउँछ कि हामी पनि आफ्नो गाउँ, आफ्नो देश र आफ्नो संसारलाई अझ हराभरा र स्वस्थ बनाउन सक्छौं । हरियाली गाउँले संसारलाई सिकायो कि परम्परागत ज्ञान र आधुनिक विज्ञानको संयोजनले असम्भव केही छैन । जैविक प्रमाणीकरणको यो यात्रा एक नयाँ युगको सुरुवात हो (जहाँ स्वास्थ्य, सम्पत्ति र प्रकृति)को संरक्षण एकसाथ सम्भव छ । यो कथा हरेक नेपालीको मनमा रहिरहोस् र हरेक गाउँलाई हरियाली गाउँ बनाउँ ।
हरियाली गाउँको जैविक प्रमाणीकरण यात्रा









