गण्डकी प्रदेश सरकार अन्तर्गत ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गोरखाले विद्युत महशुल अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार खानेपानी आयोजना सञ्चालन गरिरहेका उपभोक्ता संस्थालाई लक्षित गरी उक्त अनुदान कार्यक्रम लागू गरिएको हो।
कार्यक्रममा सहभागी हुन इच्छुक गण्डकी प्रदेश भित्रका खानेपानी आयोजना उपभोक्ता संस्थाले आवश्यक कागजातसहित २०८२ पौष ३० गतेभित्र सम्बन्धित कार्यालयमा निवेदन पेश गर्न सक्नेछन्।
अनुदानका लागि संस्थाको दर्ता प्रमाणपत्र, विद्युत महशुल तिरेको रसिद, बैंक खाता विवरण लगायतका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाइएको छ।
डिभिजन कार्यालयले योग्य संस्थाहरूलाई विद्युत महशुलमा राहत पुग्ने विश्वास व्यक्त गरेको छ।









