वि.सं. २०८३ साल असार २६ गते शुक्रबार बिहान युनाइटेड ई. बो. स्कुलमा कक्षा दुईमा अध्ययनरत छात्र इसाक नेपालीको अल्पायुमै दुःखद निधन भएपछि विद्यालय परिवारले गहिरो शोक व्यक्त गरेको छ। नेपालीको असामयिक निधनको खबरले सम्पूर्ण विद्यालय परिवार अत्यन्त मर्माहत एवं स्तब्ध भएको छ।
विद्यालयका प्रिन्सिपल दिपक गुरुङ तथा सम्पूर्ण विद्यालय परिवारले एक शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। वक्तव्यमा दिवंगत छात्रको आत्माले चिरशान्ति तथा बैकुण्ठवास प्राप्त गरोस् भन्ने कामना गरिएको छ।
यस अत्यन्त दुःखद घडीमा विद्यालय परिवारले शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रहरूमा गहिरो समवेदना व्यक्त गरेको छ। यो असह्य पीडालाई सहने धैर्य, शक्ति र साहस प्रदान गरून् भनी सर्वशक्तिमान ईश्वरसँग हार्दिक प्रार्थना समेत गरिएको छ।








