गोरखा नगरपालिका वडा नम्बर ५ मा निर्वातचित वडा अध्यक्ष स्वर्गीय खिल बहादुर रानाको स्मृतिमा बृहत स्वास्थ्य शिविर हुने भएको छ । यहि मंसिर २९ र ३० गते रानाको स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल गोरखाले बृहत स्वास्थ्य शिविर गर्न लागेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अमिर थापाले जनाउनु भयो ।
राष्ट्रिय युवा संघ नेपालका तत्कालिन सचिव, स्वर्गिय खिल बहादुर रानाको स्मृतिमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ डाक्टरहरुबाट विभिन्न रोगका बिरामीहरुका लागि निशुल्क (बृहत स्वास्थ्य शिविर) सन्चालन हुन गर्न लागेको थापाले बताउनु भयो ।
शिविरमा महिला सम्बन्धि समस्याको पहिचान, हाडजोनी तथा नशा सम्बन्धि समस्याको पहिचान, मुटुरोग सम्बन्धि समस्यको पहिचान, मानसिक रोगको समस्या पहिचान, जनरल फिजिसियन सम्बन्धि समस्याको पहिचान साथै निशुल्क मुटुको जांच, इको, ई.सि.जि भिडियो एक्सरे, रगत तथा पिसाबको जांच साथै असाहय तथा विपन्न वर्गका व्यक्तिहरुको कुनै पनि अप्रेसन तथा रोगको उपचार पोखरा लगेर निशुल्क अप्रेसन तथा उपचार गरिने पनि थापाले बताउनु भयो ।
गोरखा नगर पालिका वडा नं ५ रामशाह चौतारा पस्लाङमा हुने स्वास्थ्य शिविर मंसिर २९ गते बिहान १:०० बजे बाट ३:०० बजे सम्म र ३० गते विहान ७०० बजे बाट बेलुका ५:०० बजे सम्म हुनेछ ।









