२० मंसीर, पालुङटार । नेकपा एमालेले सञ्चालन गर्न लागेको सम्बृद्धिका लागि संकल्प अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान २२ मंसिरमा अध्यक्ष ओलीले ठाँटिपोखरीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष केपी ओलीले २२ गते लमजुङको शुन्दरबजारमा आयोजना हुने बृहत आमसभालाई सम्बोधन गरी ठाँटिपोखरीमा सम्बोधन गर्न कार्यक्रम रहेको नेकपा एमाले पालुङटार नगर कमिटीका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।
अध्यक्ष श्रेष्ठका अनुसार उक्त सभामा २ हजार मान्छे समाबेश हुने बताउनु भयो ।
एमाले नेता पुष्पलालको नामबाट परिचित यस लोकमार्गले छोएका जिल्लाहरुमा एमालेले सम्बृद्धिको लागि संकल्प अभियान सञ्चालन गर्न लागेको हो । अभियानको टोली २२ गते गोरखामा बस्ने नेकपा एमाले गोरखा जिल्ला कमिटीका अध्यक्ष प्रेम गुरुङले जानकारी दिनु भयो ।








