१६ मंसीर, पालुङटार । नेकपा एमालेले सञ्चालन गर्न लागेको सम्बृद्धिका लागि संकल्प अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान २२ मंसिरमा लमजुङ र गोरखा पुग्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले २२ गते लमजुङको शुन्दरबजारमा आयोजना हुने बृहत आमसभालाई सम्बोधन गरी गोरखा जाने कार्यक्रम रहेको नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धन्नजय दवाडीले बताउनु भयो ।
एमाले लमजुङ जिल्ला कमिटि वैठकले आमसभालाई भब्य बनाउने निर्णय गरी प्रत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग अन्तर्गत पश्चिमको झुलाघाटबाट देखि अभियानको शुरुवात गरेको छ । उक्त अभियान मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरुमा सञ्चालन हुनेछ ।
एमाले नेता पुष्पलालको नामबाट परिचित यस लोकमार्गले छोएका जिल्लाहरुमा एमालेले सम्बृद्धिको लागि संकल्प अभियान सञ्चालन गर्न लागेको हो । अभियानको टोली २२ गते गोरखामा बस्ने नेकपा एमाले गोरखा जिल्ला कमिटीका अध्यक्ष प्रेम गुरुङले जानकारी दिनु भयो ।








