दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले योजनाहरु सहज, छिटो छरितो रुपमा सम्पन्न गर्नका लागि उपभोक्ता समिति क्रियाशिल हुन आवश्यक रहेको बताउनु भएको छ । दोर्दी गाउँपालिकाको आयोजनामा सोमबार पालिकाको वडा नं. ८ बन्सारमा आयोजित उपभोक्ता समितिका पदाधिकारीहरुका लागि एक दिने अभिमूखिकरण तालिमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले योजना सम्झौताको लागि पालिकामै धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै वडा वडामै योजना सम्झौताको काम अघि बढाएको बताउनुभयो । यसरी अघि बढाएको योजनाहरु उपभोक्ताहरुले पारदर्शी एवं तीब्र रुपमा संचालन गर्न साथै समितिलाई आधुनिक श्रोत साधन र प्रविधिहरुको उपभोग गर्दै सरल र सहज रुपमा काम गर्न यस्ता अभिमूखिकरण कार्यमले ठूलो टेवा पुग्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै, उहाँले भन्नुभयो, यतिबेला सञ्चारको माध्यमबाट सहज हुन थालेकाले पालिकाले पनि यसको माध्यमको प्रयोग गर्दै सेवाग्राहीलाई थप सहज बनाउन कार्य गरेका छौँ । त्यस्तै, उहाँले उपभोक्ता समितिलाई गुणस्तरीय र पारदर्शीता काम गर्नलाई निर्देशन समेत दिनुभयो । पालिकामा आउँदा कहिले प्राविधिक नहुने कहिले के नमिल्ने हुँदा सेवाग्राही मर्कामा पर्दै आएकाले वडा वडामै योजना सम्झौता गर्दै पालिकाले सेवाग्राहीको समस्या हटाउन थालेको गाउँपालिका अध्यक्ष अधिकारीको भनाई छ ।
त्यस्तै, गाउँपालिका प्राविधिक शाखाका प्रमुख सवईन्जिनियर विश्वास पाण्डेकार्यक्रममा सहभागि १५ वटा उपभोक्ता समितिका ३० जना पदाधिकारीहरुलाई योजना सम्झौता गर्दा आवश्यक कागजपत्र, भुत्तानी प्रकृया, समानहरुको गुणस्तर जाँच कसरी गर्ने, बेरुजी नहाउनका लागि कसरी काम गर्नुपर्छ, प्राविधिकको स्टमेन्ट अनुसार काम गर्नुपर्ने लगायतको बारेमा प्रशिक्षण एवं जानकारी गराउनुभएको थियो । सो तालिम पश्चा्त योजनाका कामहरु गर्न सहज भएको भन्दै सहभागिहरु हर्षित भएका थिए । साथै सोही कार्यक्रम पश्चात् नै वडामै योजना सम्झौता गरेको छ । वडामा भएका १५ वटा योजनामध्ये ११ वटा योजना सम्झौता गरिएको र ४ वटा योजना सम्झौता गर्न विविध कारणले बाँकी रहेको वडाध्यक्ष नारान घलेले बताउनुभयो । उहाँका अनुसार ती योजनाका लागि पालिकाबाट ४४ लाख रुपैयाँ बजेट परेको छ । प्राविधिक शाखाको अनुसार तीमध्ये स्टमेन्ट भने १४ वटाको भैसकेको र १ वटाको मात्र बाँकी रहेको छ ।
सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ, गाउँपालिकाको स्वकिय सचिव हरि घिमिरे लगायतको उपस्थित रहेको थियो । गाउँपालिकाले यसअघि वडा नं. १ भारतेका योजनाहरु सम्झौता गरिसकेको छ । योजना सम्झौतालाई तीब्रता दिँदै क्रमश बाँकी वडाहरुमा पुग्ने गाउँपालिकाले जनाएको छ ।








