✍️सुप्रिम गिरी
म हाल १७ वर्षको भए, मैले धेरै कुरा देख्न र अनुभव गर्न बाँकी छ तर देख्नै नसक्ने कुराहरु पनि हेरिरहनुपर्दा गाह्रो हुँदो रहेछ। म अर्थविदहरुले अर्थशास्त्रको भाषामा गरेजस्तो विश्लेषण गर्न जान्दिन तर जनताले भोगिरहेको अर्थतन्त्र मैले महशुस गरेको छु। मलाइ के थाहा छ भने मेरो देश नेपालका तमाम नेपाली आमा बुवा, दाजु भाइ, दिदी बहिनी राहादानी बोकेर खाडी या युरोपका सहरहरु नपस्ने हो भने रेमिट्यान्स चपेटामा पर्छ जुन मेरो देशको मुख्य आयस्रोत हो। म हरेक बर्षको बजेट भाषण बडो चाख दिएर सुन्ने गरेको छु। माननीय अर्थमन्त्री ज्यु फाइल बोकेर संसदमा बजेट भाषण सुनाइरहँदा अब केही हुन्छ कि भनेर मेरा छाती चौडा हुन्छन् , अफसोस ५ वर्षको लागि बनेको सरकार पटक पटक अस्थिरता अङ्गाल्छ, सरकार र सत्ता बाराम्बार परिवर्तन भइरहन्छ्न अनि ती भाषणमा सुनाइएका जनताका सपनाहरु माथी माननीय ज्युहरुले क्या खेलवाड गर्नुहुन्छ। बजेट पर्छन पनि, बजेट हालिन्छ पनि, बजेट पार्न भ्रष्टाचार, काम गर्न भ्रष्टाचार, तह तहमा भ्रष्टाचार छ जुन भ्रष्टहरुको खेलले नेपालमा “असार मसान्त बिकास” चलायमान देखिन्छ जसमा असार लागेपछी हतार हतार देखावटी विकास हुने गरेका छन जसको दिगोपना शून्य छ। आज नेपाली जनताले खोजेको आर्थिक विकास र भइरहेको आर्थिक विकास बिच ठूलो खाडल देखिन्छ्।
अर्थविदहरुको भाषामा उल्लेख भए जस्तो Foreign Direct investment (FDI), Foreign Exchange Reserves, Inflation, Deflation, Hard Currency, Doing Business Index, Real Income, Nominal Income जस्ता यावत कुराहरु आजको दिनमा सामान्य नेपाली जनताले बुझ्दैन र नबुझ्नुमा म कत्ती दुख पोख्दिन। आज विश्वका मान्छेहरु यी जस्ता यावत Advance Economy मा अल्झिरहदा नेपालीहरु उही रेमिट्यान्स, प्रती व्यक्ती आय (PCI), Birth Rate, Death Rate लगायत आधारभुत सेवा सुविधाका कुराहरुमा खुम्ची रहनु परेको छ किनकी आधारमा निखार नआइकन हरेक नेपालीले Investment, CRR, Productivity का गफ चिया पसल र भट्टिहरुमा गर्न म सम्भव देख्दिन। अर्थतन्त्रलाई हलुका विश्लेषण सुहाउँदैन तर विश्लेषण भइराख्न आवश्यक छ। विश्वका सबैभन्दा धनीका सुचिमा पर्ने व्यक्ती पनि यहि देशमा बस्छन र बिहान बेलुकि पेटमा अन्न भर्न हम्मे हम्मे पर्ने ब्यक्ती पनि यहि देशमा बस्छन र अर्थतन्त्रले जब भुइँको व्यक्तीको जिवनमा सुदृढीकरण ल्याउछ तब त्यो अर्थतन्त्र, अर्थतन्त्र हुन्छ नत्र लुटतन्त्र र ठगतन्त्र बाहेकको विकल्प म देख्दिन।
कृषि अर्थतन्त्रको मेरुदण्ड मानिने मेरो मुलुक नेपालका अधिकांश कृषक निर्वाहामुखी खेतीमा संलग्न छन जसले उतपादन गरेका वस्तु आफैलाइ खान समेत पुग्दैन। अन्तरास्ट्रिय बजारबाट आयत गरिएको वस्तुको बजार भाउ नेपालमै उत्पादन भएका वस्तुको बजार भाउ भन्दा सस्तो पर्न जान्छ जुन निकै दु:खद कुरा हो। नेपालको आयत निर्यात भन्दा निकै धेरै छ जसले नेपाली रुपैयाँ विदेश पठाइरहेको छ। यस सन्दर्भमा निकै महङ्गा तथा अनावश्यक वस्तुहरु आयत गर्नमा प्रतिबन्ध लगाउनुपर्छ या त्यसको सिमित सिमा तोकिनुपर्छ जुन हाल केही हदसम्म अभ्यासमा देखिन्छन तर पर्याप्त छैनन। अर्थतन्त्रलाई सुदृढ बनाउन अब हरेक नेपालीले स्वदेशमा सजिलै उपलब्ध कुराहरुमा विशेष जोड दिनुपर्छ। विश्व अब Digital Money को मुख तर्फ आकर्षित भइरहेको अवस्थामा Crypto, bitcoin तथा Tech Market लाई सहज बनाएर नेपालमा विदेशी डलर भित्र्याउन सकिन्छ जसमा नेपाल सरकारले साथ दिनुको ठाँउमा थप बाधा सिर्जना गरेको खबरले युवा वर्गमा निराशा फैलाइरहेको पाइन्छ। नेपालका विकट ठाउँहरुमा उध्योगधन्दाको परिकल्पना सहित “Tax Free” का प्रावधानमा जोड दिनुपर्छ। FDI का सन्दर्भमा सहज वातावरण सिर्जनाका साथै आकर्षित नीति नियममा काम गर्नुपर्ने देखिन्छ।
“अर्थतन्त्रलाई माथिल्लो निकायमा बसेर हुकुमबाधको सिद्धान्तमा अडिएर होइन जनताको स्तरमा ओर्लिएर नेपाली जनताको सामान्य जीवनयापन र दैनिक दिनचार्यमा सकरात्मक परिवर्तन ल्याउन सकेको दिन मेरो देशको अर्थतन्त्र जनतातन्त्र बन्नेछ अनि त्यही दिनको पर्खाइमा म र म जस्ता युवा छन……….”









