पालुङटारको भवानी माध्यमिक विद्यालय ठाँटिपोखरीमा जनता समाजवादी पार्टीको भात्रि संगठन समाजवादी विद्यार्थी युनियन गठन भएको छ ।
संगठनको अध्यक्षमा सुदिप गिरि सहित ५४ सदस्यीय समिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा सिताराम गिरि चयन भएका कार्यक्रमका प्रमुख अतिथी समाजवादी विध्यार्थी युनियन पालुङटारका अध्यक्ष लक्ष्मण गिरिले जानकारी दिए ।
त्यस्तै सचीवमा आकाश राना, सह सचीवमा रुवि तामाङ र कोषाध्यक्षमा सङ्गम गिरि चयन भएका छन् । कार्यक्रमको प्रमुख अतिथीमा समाजवादी विध्यार्थी युनियन पालुङटारका अध्यक्ष लक्ष्मण गिरि रहेका थिए । अतिथीहरुमा समाजवादी विध्यार्थी युनियन गोरखाका जिल्ला सदस्य नारायण गिरि, प्रदीप परियार, सुनिल नेपाली, साहिद हुसेन, राम गिरि, दिपेश सुनाम, सन्देश कौडाल रहेका थिए ।









