संखुवासभा । संखुवासभाको तुम्लिङटारमा चार दर्जन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।
केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुईतिहाई मत पाएको नेकपामा पछिल्लो समय वितृष्णा बढेपछि कार्यकर्ताहरु आज काँग्रेस प्रवेश गरेका हुन् । नेपाल तरुण दल तुम्लिङटार कार्यसमितिले आयोजना गरेको तरुण भेटघाट कार्यक्रममा नेकपाका युवा काँग्रेस प्रवेश गरेका हुन् ।
काँग्रेसमा प्रवेश गर्नेलाई काँग्रेसका युवा नेता एवम् पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले माला र खादाद्धारा स्वागत गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री खड्काले पछिल्लो समय सरकारले गरेको गलत क्रियाकलापबाट आजित भएर नेकपामा पार्टी छाड्नेको संख्या बढेको बताउनुभयो ।
“काँग्रेस विकास गर्ने पार्टी हो, काँग्रेसले भ्रष्टचारमुक्त संखुवासभा बनाउन चाहन्छ,”–उहाँले भन्नुभयो । रोजगारी सिर्जनाका लागि युवाहरु एक हुनुपर्ने उहाँको भनाई थियो ।








