बैसाख २४ गोरखा ÷पालुङटार नगरपालिकाको चालू आर्थिक बर्षको वित्तीय प्रगति ९७.३५ प्रतिशत कायम गर्दै वडा नं. ५ प्रथम भएको छ । नगरपालिकाबाट आर्थिक बर्ष २०८०÷८१ का लागि वडा मा विनियोजन भएको सम्पुर्ण योजना तथा कार्यक्रम सम्पन्न गर्दै वडा नं. ५ प्रथम भएको लेखा शाखाले उपलब्ध गराएको तथ्याङ्कले जनाएको छ । शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुशार वडा नंं. २ ले वित्तीय प्रगति ७८.८६ प्रतिशत कायम गर्दै वडा नं. २ दोस्रो भएको छ । त्यसै गरी वित्तीय प्रगति ७७.७२ प्रतिशत कायम गर्दै वडा नं. ३ तेस्रो भएको छ । त्यसै गरी वडा नंं. ९ को ६९.२२ प्रतिशत, वडा ८ को ६५.८८ प्रतिशत, वडा नं. ६ को ५८.८६ प्रतिशत, वडा नं. १० को ५२.७५ प्रतिशत, वडा नं. १ को ५२.२२ प्रतिशत, वडा नं. ४ को ५२.०६ प्रतिशत, वडा नं. ७ को ४३.३८ प्रतिशत, वित्तीय प्रगति कायम भएको शाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लोख छ ।
शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुशार सबै भन्दा धेरै प्रतिशत काम सम्पन्न भएको वडामा वडा नं. ५ ९७.३५ प्रतिशत र सबै भन्दा कम प्रतिशत काम सम्पन्न भएको वडा, वडा नं. ७ ४३.३८ प्रतिशत वित्तीय प्रगति कायम भएको देखिन्छ । त्यसै गरी पालुङटार नगरपालिका अन्तर्गत शिक्षा शाखाको ४८.०७ प्रतिशत, स्वास्थ्य शाखाको ५७(३६ प्रतिशत, पशुपंक्षी÷भेटेनरी शाखाको ६३ .८१ प्रतिशत, कृषि शाखाको ३०.१ प्रतिशत, आयुर्वेद शाखाको ४८.४४ प्रतिशत खर्च भएको देखिन्छ । त्सै गरी पालुङटार नगरपालिकामा संघिय सरकार र प्रदेश सरकारबाट हस्तान्तरीत कार्यक्रम सहित नगरपालिकाको समर्ग ५७.२६ प्रतिशत खर्च भएको देखिन्छ ।
पालुङटार नगरपालिकाको वडाहरु मध्ये वित्तीय प्रगतिमा वडा नं. ५ प्रथम



