• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
शनिबार, कार्तिक १४, २०८३
-->
   शनिबार, कार्तिक १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी

पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

साताको चर्चित

  • १. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • २. सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी

  • ३. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • ७. सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • १०. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

संवाददाता
शुक्रबार, कार्तिक १३, २०८३ प्रकाशित
Advertisement
Advertisement

गोरखा, पालुङटार — आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गोरखाको पालुङटार नगरपालिकाको राजनीतिक सरगर्मी तीव्र बन्न थालेको छ। विभिन्न दलहरूमा आन्तरिक टिकटको दौड चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब लगायतका मञ्चमार्फत नयाँ अनुहारहरूको सक्रियता पनि बढ्दो छ।

यसैबीच, पालुङटारको राजनीतिक वृत्तमा एउटा नयाँ र चर्चाको नाम अगाडि आएको छ— राकेश राजभट।

अमेरिकामा करिब नौ वर्षको बसाइपछि स्वदेश फर्किएका सिभिल इन्जिनियर तथा युवा उद्यमी राजभटको सम्भावित मेयर उम्मेदवारीले यहाँको स्थानीय राजनीतिमा नयाँ बहस र तरङ्ग पैदा गरेको उहाँका निकटस्थहरू बताउँछन्।

अमेरिकाको अनुभव, जन्मभूमिको सपना

पालुङटारमा जन्मिएर सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरेका राजभटले यसअघि नेपालमै पूर्वाधार विकास क्षेत्रमा अनुभव बटुल्नुभएको थियो। त्यसपछि उच्च शिक्षा तथा व्यवसायका लागि अमेरिका पुग्नुभएका उहाँले त्यहाँको विकसित पूर्वाधार, स्थानीय प्रशासन र प्रविधिको प्रयोगलाई नजिकबाट नियाल्नुभयो।

तर, विदेशको सुखसुविधाभन्दा पनि आफ्नै जन्मभूमिको भविष्य निर्माण गर्ने हुटहुटी बोकेर उहाँ अहिले स्थानीय शिक्षा, प्रविधि र विकासका एजेन्डासहित पालुङटारमा सक्रिय हुनुहुन्छ।

भाषण होइन, काम: विद्यार्थीलाई एआई शिक्षा

राजभटको सक्रियता केवल राजनीतिक भाषणमा सीमित छैन। सन् २०२६ मा उहाँको नेतृत्वमा गोरखाको पालुङटारस्थित अमरज्योति, भवानी र मदानेडाँडा विद्यालय तथा लमजुङको सुन्दरबजारका गरी १२० जनाभन्दा बढी विद्यार्थीहरूका लागि एआई तथा सूचना प्रविधिम्बन्धी बुटक्याम्प सञ्चालन गरिएको थियो।

गाउँका विद्यार्थीले पनि विश्वस्तरीय शिक्षा र प्रविधिमा समान पहुँच पाउनुपर्छ भन्ने मान्यतासहित उहाँले ‘Skill Sikka’ जस्ता प्रविधिमा आधारित सिकाइ र सीप विकासको अवधारणा अगाडि बढाउनुभएको छ।

त्यस्तै, नेपालमै डिजिटल प्लेटफर्म ‘बाखापा’ का संस्थापक उहाँले सन् २०२६ को सेप्टेम्बरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयबाहिर आयोजित जलवायु न्यायसम्बन्धी शान्तिपूर्ण अभियानमा समेत भाग लिँदै विश्वव्यापी मुद्दाहरूमा आफ्नो प्रष्ट धारणा राख्नुभएको थियो।

पालुङटारलाई विश्वकै उत्कृष्ट नगर बनाउने परिकल्पना

राजभटले पालुङटारको विकासलाई केवल सडक र भवन निर्माणमा मात्र सीमित राख्नुभएको छैन। उहाँको परिकल्पनामा:

 गुणस्तरीय र सीपमूलक शिक्षा

 स्थानीय उत्पादन, कृषि प्रशोधन र रोजगारी सिर्जना

 सहज स्वास्थ्य सेवा र डिजिटल नगरपालिका

 ऐतिहासिक सम्पदा जस्तै लिगलिगकोट र प्राकृतिक सौन्दर्यको संरक्षण समेटिएका छन्।

नगरपालिकालाई व्यवस्थित बनाउन उहाँले शिक्षाविद्, चिकित्सक, इन्जिनियर, वैज्ञानिक र देशविदेशका विज्ञहरूलाई समेटेर तीनदिने विशेष विकास सम्मेलन गर्ने प्रस्तावसमेत अगाडि सार्नुभएको छ।

टिकटको प्रतिस्पर्धाभन्दा माथि विकासको बहस

पालुङटारमा दलगत टिकटका आकांक्षीहरू आफ्नो कसरतमा जुटिरहँदा राजभटको सम्भावित उम्मेदवारीले स्थानीय निर्वाचनलाई व्यक्तिको कुर्सीको लडाइँभन्दा माथि उठाएर ‘नगरको दीर्घकालीन भविष्य’ कस्तो हुने भन्ने गम्भीर बहसको सिर्जना गरेको छ।

विदेशमा भविष्य खोजेका युवाहरू आफ्नै गाउँ र सहरको मुहार फेर्न फर्किने वातावरण नेपालले बनाउन सक्छ कि सक्दैन भन्ने ज्वलंत प्रश्नको उत्तर खोज्ने क्रममा राजभटको यो यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

“For the Root, For the Youth, For the Nation.”

(आफ्नो माटोका लागि, युवा पुस्ताका लागि र राष्ट्रको भविष्यका लागि) — यो नै राकेश राजभटको मुख्य राजनीतिक सन्देश हो।

पालुङटारको आगामी राजनीतिक यात्रामा उनको भूमिका र नागरिकहरूको प्रतिक्रिया कस्तो रहन्छ, त्यो भने आगामी दिनले नै स्पष्ट पार्नेछ। तर, उनको यो प्रवेशले स्थानीय चुनावमा केवल ‘पद र टिकट’ होइन, ‘दृष्टिकोण, क्षमता र परिणाम’को बहसलाई भने अवश्य पनि प्रखर बनाएको छ।

शुक्रबार, कार्तिक १३, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
यो पनि हेर्नुहोस
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी

  • २. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • ३. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • ४. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ५. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • ३. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ४. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ५. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा, पालुङटार — आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गोरखाको पालुङटार नगरपालिकाको राजनीतिक सरगर्मी तीव्र बन्न थालेको छ। विभिन्न दलहरूमा आन्तरिक टिकटको दौड चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब लगायतका मञ्चमार्फत नयाँ अनुहारहरूको सक्रियता पनि बढ्दो छ।

यसैबीच, पालुङटारको राजनीतिक वृत्तमा एउटा नयाँ र चर्चाको नाम अगाडि आएको छ— राकेश राजभट।

अमेरिकामा करिब नौ वर्षको बसाइपछि स्वदेश फर्किएका सिभिल इन्जिनियर तथा युवा उद्यमी राजभटको सम्भावित मेयर उम्मेदवारीले यहाँको स्थानीय राजनीतिमा नयाँ बहस र तरङ्ग पैदा गरेको उहाँका निकटस्थहरू बताउँछन्।

अमेरिकाको अनुभव, जन्मभूमिको सपना

पालुङटारमा जन्मिएर सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरेका राजभटले यसअघि नेपालमै पूर्वाधार विकास क्षेत्रमा अनुभव बटुल्नुभएको थियो। त्यसपछि उच्च शिक्षा तथा व्यवसायका लागि अमेरिका पुग्नुभएका उहाँले त्यहाँको विकसित पूर्वाधार, स्थानीय प्रशासन र प्रविधिको प्रयोगलाई नजिकबाट नियाल्नुभयो।

तर, विदेशको सुखसुविधाभन्दा पनि आफ्नै जन्मभूमिको भविष्य निर्माण गर्ने हुटहुटी बोकेर उहाँ अहिले स्थानीय शिक्षा, प्रविधि र विकासका एजेन्डासहित पालुङटारमा सक्रिय हुनुहुन्छ।

भाषण होइन, काम: विद्यार्थीलाई एआई शिक्षा

राजभटको सक्रियता केवल राजनीतिक भाषणमा सीमित छैन। सन् २०२६ मा उहाँको नेतृत्वमा गोरखाको पालुङटारस्थित अमरज्योति, भवानी र मदानेडाँडा विद्यालय तथा लमजुङको सुन्दरबजारका गरी १२० जनाभन्दा बढी विद्यार्थीहरूका लागि एआई तथा सूचना प्रविधिम्बन्धी बुटक्याम्प सञ्चालन गरिएको थियो।

गाउँका विद्यार्थीले पनि विश्वस्तरीय शिक्षा र प्रविधिमा समान पहुँच पाउनुपर्छ भन्ने मान्यतासहित उहाँले ‘Skill Sikka’ जस्ता प्रविधिमा आधारित सिकाइ र सीप विकासको अवधारणा अगाडि बढाउनुभएको छ।

त्यस्तै, नेपालमै डिजिटल प्लेटफर्म ‘बाखापा’ का संस्थापक उहाँले सन् २०२६ को सेप्टेम्बरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयबाहिर आयोजित जलवायु न्यायसम्बन्धी शान्तिपूर्ण अभियानमा समेत भाग लिँदै विश्वव्यापी मुद्दाहरूमा आफ्नो प्रष्ट धारणा राख्नुभएको थियो।

पालुङटारलाई विश्वकै उत्कृष्ट नगर बनाउने परिकल्पना

राजभटले पालुङटारको विकासलाई केवल सडक र भवन निर्माणमा मात्र सीमित राख्नुभएको छैन। उहाँको परिकल्पनामा:

 गुणस्तरीय र सीपमूलक शिक्षा

 स्थानीय उत्पादन, कृषि प्रशोधन र रोजगारी सिर्जना

 सहज स्वास्थ्य सेवा र डिजिटल नगरपालिका

 ऐतिहासिक सम्पदा जस्तै लिगलिगकोट र प्राकृतिक सौन्दर्यको संरक्षण समेटिएका छन्।

नगरपालिकालाई व्यवस्थित बनाउन उहाँले शिक्षाविद्, चिकित्सक, इन्जिनियर, वैज्ञानिक र देशविदेशका विज्ञहरूलाई समेटेर तीनदिने विशेष विकास सम्मेलन गर्ने प्रस्तावसमेत अगाडि सार्नुभएको छ।

टिकटको प्रतिस्पर्धाभन्दा माथि विकासको बहस

पालुङटारमा दलगत टिकटका आकांक्षीहरू आफ्नो कसरतमा जुटिरहँदा राजभटको सम्भावित उम्मेदवारीले स्थानीय निर्वाचनलाई व्यक्तिको कुर्सीको लडाइँभन्दा माथि उठाएर ‘नगरको दीर्घकालीन भविष्य’ कस्तो हुने भन्ने गम्भीर बहसको सिर्जना गरेको छ।

विदेशमा भविष्य खोजेका युवाहरू आफ्नै गाउँ र सहरको मुहार फेर्न फर्किने वातावरण नेपालले बनाउन सक्छ कि सक्दैन भन्ने ज्वलंत प्रश्नको उत्तर खोज्ने क्रममा राजभटको यो यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

“For the Root, For the Youth, For the Nation.”

(आफ्नो माटोका लागि, युवा पुस्ताका लागि र राष्ट्रको भविष्यका लागि) — यो नै राकेश राजभटको मुख्य राजनीतिक सन्देश हो।

पालुङटारको आगामी राजनीतिक यात्रामा उनको भूमिका र नागरिकहरूको प्रतिक्रिया कस्तो रहन्छ, त्यो भने आगामी दिनले नै स्पष्ट पार्नेछ। तर, उनको यो प्रवेशले स्थानीय चुनावमा केवल ‘पद र टिकट’ होइन, ‘दृष्टिकोण, क्षमता र परिणाम’को बहसलाई भने अवश्य पनि प्रखर बनाएको छ।

शुक्रबार, कार्तिक १३, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी
पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
यो पनि हेर्नुहोस
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.