पालुङटार नगरपालिका वडा नम्बर ४ स्थित गोरखा बहुप्राविधिक शिक्षालयमा संञ्चालन हुन लागेको १४ महिने प्रि-डिप्लोमा औद्योगिक प्रशिक्षार्थी छनोट सम्बन्धि कार्यक्रमका लागि छलफल भएको छ ।
पालुङटार नगरपालिकामा असोज १५ गते मंगलबारका दिन पालुङटार नगरपालिकाकि उप प्रमुख बन्दना पाण्डेको अध्यक्ष्ातामा छलफल भएको हो ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय पोखरा बाट कार्यान्वयन गर्न लागिएको कार्यक्रमको छलफलको क्रममा पालुङटार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, पालुङटार नगरपालिका भित्रका प्रधानाध्यापकहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु लगाएत परियोजनाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रम तथा भर्ना प्रकृया यस्तो छ :









