विश्व दृष्टि दिवसको अवसरमा आज पालुङटारमा रहेको आँखा उपचार केन्द्रले ईलाका प्रहरी कार्यालय ठाँटिपोखरीमा कार्यरत प्रहरीको निशुल्क आँखा जाँच गरेको छ ।

कार्यस्थलमा आँखालाई माया गरौं भन्ने मुल नाराका साथ मनाईएको दिवसको अवसरमा आँखाको निशुल्क उपचार गरिएको आँखा उपचार केन्दकि नेत्र साहायक रक्षा कुँवरले जानकारी दिनु भयो । उक्त असरमा २८ जना प्रहरी सहित ५९ जनाले आँखा जाँच गर्नु भएको थियोे ।









