• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

अलबिदा निसिम रुँदैनन मर्नेहरु, रुन्छन जलाउनेहरु ….

संवाददाता
सोमबार, असोज ३१, २०७९ प्रकाशित
Advertisement
Advertisement

पोखरा मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, “निसिम पदकका दाबेदार हुन ।”
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए । उनले त्यतिबेला रजत मात्र जितेनन, स्वणर्को लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौसलद्वारा त्यसलाई प्रमाणित पनि गरे ।
हावाको वेगसँग पाँैठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन । ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निसिमको जीवनमा अब मंगलबार आउनेछैन । अन्यथा सोमबार बिहान पनि उनी सराङकोट तिरै हुन्थे वा उडान भरेर फेवा किनारमा सुस्ताइरहेका हुन्थे ।
तर, आज उनले सराङकोटबाट उडान भरेनन, न फेवा किनारको प्याराग्लाइडिङ ल्याण्ड गर्ने समथर भूभागमा नै थिए । उनी बिहानसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा थिए, त्यसपछि बौद्ध अर्घौँ सदन अनि रामघाट । उनलाई ल्याइएको सवारी मालाले ढाकिएको थियो, त्यसमा एउटा ठुलो फ्लेक्समा मुस्काइरहेका निसिमको तस्बिर थियो । अनि लेखिएको थियो, “हार्दिक श्रद्धाञ्जली, जन्म ः २०५१/३/२०, स्वर्गारोहण ः २०७९/६/३० ।” मुस्काइरहेको फ्लेक्स बोकेको गाडीमा कहिल्यै नउठ्ने गरि सुस्ताइरहेको एउटा शव थियो । तस्बिरमा जस्तो मुस्कान थिएन । गाडीमा सवार एक व्यक्तिले उनै निसिमको रंगीन तस्बिर बोकेका थिए । फुंग उडेको अनुहार लिएर रंगीन तस्बिर बोक्ने अरु कोही थिएनन, थिए त निसिमका आफ्नै बुवा प्रकाश थापा ।
गाडीको पछाडि थिए, आर्मीका अधिकारीहरुको लस्कर, खेलकदुका पदाधिकारीको सहभागिता, पोखराका मेयर देखि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, खेलप्रेमी अनि आफन्तको रोदन र क्रन्दन । आमा सावित्री मोक्तानको बिलौना आइतबारदेखि उस्तै छ । बौद्ध अर्घौँ सदनमा लामाले मृत्युसंस्कार पाठ पढ्दै गर्दा छोरालाई चुम्न पुगेकी मोक्तानले भगवानलाई पुकार्दै थिइन, “तिमीले मेरो प्रार्थना एक सेकेन्ड सुनेनौ, तिमीले सुन्नुपथ्र्यो ..।”
आमाबाबुको रोदन, क्रन्दनमा उनै निसिम थिए । जो उनीहरुका एक्ला सन्तान थिए । मुटुको टुक्रा थिए । त्यही भएर त उनीहरु छियाछिया हुन पुगे ।
निसिम अब रहेनन ।
जति चोट आमाबाबुलाई पर्‍यो देशलाई पनि उत्तिकै होनहार खेलाडीको खति भयो । निसिम अब हावामा उड्ने छैनन । संस्कार अनुसार पूजा सकिएपछि निसिमलाई त्यही अर्घौँ सदनमा रहेको विद्युतीय शवदाह गृहमा लगियो । नीर्जिव उनको शरीको अस्तित्व खरान भयो ।
अलबिदा निसिम ।
……………
नेपाली खेलकुद इतिहासमा प्याराग्लाइडिङ गत राष्ट्रिय खेलकुदमा मात्रै समावेश हुन पुग्यो । २०७५ मा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक प्याराग्लाइडिङ खेल समावेश भएको थियो ।
यही प्रतियोगिताबाट २५ वर्षीय निसिम थापाले नेपाली आर्मीबाट क्रसकन्ट्री समूह इभेन्टमा रजत जिते । उमेर थियो २३ वर्ष ।
कलिलो उमेरमा विभागीय टिमबाट खेलेर रजत जित्दै गर्दा उनको लक्ष्य थियो, अर्को राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भाग लिने र स्वणर् जित्ने ।
पछिल्लो दशकदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका थापाको तयारी पनि सोही अनुसार नै थियो । टेन्डम देखि सोलो उडानमा उनी पोख्त थिए ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भयो, प्याराग्लाइडिङ पनि समावेश भयो । आफूलाई तयार पारेका निसिम यसपटक स्वणर्का लागि पोखरेली आकाशमा उडान भर्न आफूलाई तयार गर्दैथिए । प्रतियोगितामा सहभागी विभागीय टिम नेपाल आर्मीले यसपटक पनि उनलाई अनुबन्ध गर्‍यो । क्रसकन्ट्री, क्रसकन्ट्री टिम र अक्युरेसी विधामा प्याराग्लाइडिङ खेल समावेश गरिएका थिए । यही विधामध्ये क्रसकन्ट्रीतर्फको उडानको लागि उनले ग्लाइडर तयार गरे । अनुभव र उत्साहका साथ आइतबार मध्यान्हमा खुलेको आकाशमा उनी देशको लागि खेल्दै थिए । ग्लाइडर तयार गरे, उडान भरे र आकासिन खोजे । जब निसिमले सराङकोटको डाँडाबाट धर्ती छाडे, उनी करिब १०० मिटर माथिसम्म पुगे । उनको ग्लाइडर खुलेन । आकाशमा उडेका थापा जमिनको नजिकै आए र बजारिन पुगे । “हाम्रो भाषामा अटोरोटेसन भन्छ । कोल्याप्स भनिन्छ । त्यसलाई कभर गर्दागर्दै अटो हुन पुग्यो, अनि रोटेट भएर क्र्यास भयो । हावाको चाप नियन्त्रणमा लिन खोज्दाखोज्दै लो मा आाएछ । अनि जमिनमा शरिर ठोकिन पुग्यो ।” नेपाल
प्याराग्लाइडिङ पाइलट क्लवका अध्यक्ष विमल पहारीले भने ।
दुर्घटनाग्रस्त भएका थापालाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगियो । तर, टाउकोमा चोट लागेका थापलाई अस्पतालले मृत घोषणा गरिदियो । “क्रसकन्ट्रीका राम्रा प्लेयर हुन । विभिन्न प्रतियोगितामा भाग लिइरहन्थे । लामोदुरीका राम्रा पाइलट हुन । हामी
बिहान पनि भेटेका थियौँ, बेस्ट अफ लक भनेर तल झर्‍यौँ, तर ब्याडलक हुन पुग्यो ।” पहारीले भने । थापा प्याराग्लाइडिङ खेलतर्फ आइतबारको इभेन्टमा सुरुमा उडेका थिए । उनलाई रेफ्री सुरेन गुरुङले आकाशबाटै
हेर्दै थिए । प्रतियोगिता सुरु गर्नुअघि आवश्यक तयारी पुरा भएपछि हावाको चाप र मौसमका अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडे । उनले नै हावाको चाप नर्मल भएपछि थापालाई उडान अनुमति दिएका थिए ।
तर, पोखरेली आकाशमा सिकेको प्याराग्लाइडिङ आइतबार उनको लागि अनुकुल भएन । राष्ट्रिय खेलकुदका इभेन्टहरु पिक आवरमा पुगेको बेला आइतबार पोखरेली आकाशले एउटा प्रतिभा गुमायो ।
प्याराग्लाइडिङ खेलाडीका रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएका पाइलट निसिमले नेपालमा मात्र होइन, भारत,
इन्डोनेसिया, कोरिया लगायतका देशमा पनि प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन पुगेका थिए । पोखरामा व्यवसायिक प्याराग्लाइडिङ उडाउँदै आएका निसिमले विभिन्न प्रतिष्पर्धामा माग लिएका छन ।
नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वाटरका पृतनापती बाबुराम श्रेष्ठले भने, “दुर्भाग्य भयो, पदकभन्दा ज्यान ठुलो
थियो । उहाँ राम्रो खेलाडी हुनुहुन्थ्यो ।” थापाले नै अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीकै तर्फबाट भाग लिएर रजत जितेका थिए । यसपटक पनि आर्मीले प्याराग्लाइडिङका सबै इभेन्टमा भाग लिएको थियो । “लक्ष्य सबै इभेन्टमा भएतापनि उहाँले स्वणर् जित्नेमा हामी विश्वस्त थियौँ ।” कणर्ेल मुनाल बस्नेतले भने ।
तर, थापा नै रहेनन । देशले एउटा खेलाडी गुमायो, प्याराग्लाइडिङका सबै इभेन्ट रद्ध भए । प्याराग्लाइडिङ नै
अनिश्चितकालका लागि बन्द भएको छ । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत थापाका नजिकका साथी हुन असिम गुरुङ । असिमलाई निसमले शनिबार भेट्ने भन्दै थिए । तर, व्यस्तताले दुइजनाको भेट हुन सकेन । बिहानै जिममा भेटिरहने उनीहरु सानैदेखिका साथी हुन । कक्षा १२ दुवैले सँगै पढे ।
थापाले आफू प्याराग्लाइडिङमा आर्मीको तर्फबाट खेल्ने भनेर सुनाएका पनि थिए । त्यसकै तयारीमा व्यस्त होला भनेर उनले थापालाई शनिबार भेटेनन । तर, आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रांगणमा उनका बाल्यकालीन साथी पोष्टमार्टम भवनमा थिए । अनि असिमचाहिँ आँखामा आँसु लिएर, त्यही भवन बाहिर ।
ङ्गहामीलाई सहयोग गथ्र्यो । बिचरा उसको दाई (दाइ पर्ने) पनि यस्तै प्याराग्लाइडिङ दुर्घटनामानै बितेका हुन । यो
पनि त्यस्तै भयो, मन नै कस्तो … ।” उनको गला रोकियो ।
उनी बोल्दै गर्दा पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएका छोरालाई सम्झेर आमाले बिलौना
गर्दै थिइन । गोरखा पालुङटार जन्मिएका थापा आमाबुवाका एक्ला सन्तान हुन । बाबु पोखरामै भएतापनि आमा चाहिँ काठमाण्डौमा थिइन । बिहान साढे ११ बजे आकाशमा उडेका थापाको प्राण नफर्किने गरि उडिसक्दा आमालाई थाहा थिएन । प्रहरीले नै अस्पताल ल्याइसकेपछि बुवाले पनि थाहा पाए । थापाका बाबुआमा शिक्षण पृष्ठभूमिका हुन । काठमाण्डौमा रहेकी आमालाई नेपाली सेनाले हेलिकप्टरमा पोखरा ल्यायो । पोखरा आएर मेट्रोसिटी अस्पतालमा रहेको छोराको शव उनले हेर्न सकिनन । सकिन त मात्र रुन र भगवानलाई पुकार्न … ।
निसमलाई त्यहाँबाट पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । बुबा सम्हालिँदै थिए, आमाले जसरी भएपनि अन्तिमपटक छोराको मुख हेर्ने भनेर रोहिरँदा अस्पताल परिसर नै भावविह्वल बन्न पुग्यो ।
पोष्टमार्टम भवनभित्र राखिएको कोल्ड स्टोर्सबाट थापाको मृत शरीर देखाइयो । त्यसलाई अँगाल्दै आमाले भनिन, “छोरा भनेको मान्थ्यौ, तर भगवानले एक सेकेण्ड सुनेनन, भगवानले सुन्नुपथ्र्यो …।” उनी अब रहेनन । आकाशमा उड्ने उनको सपना, आकाशमै उडिगयो । उनी गए, आफ्ना सपना थाती राखेर, बुवाआमाको सपना थाती राखेर ।
प्याराग्लाइड खुम्चिएर खसेका थिए पाइलट निसिम
गण्डकी, बागमती, प्रदेश- १ नेपाली सेना, सशस्त्र प्रहरी बलबाट ४/४ जना खेलाडी प्रतियोगितामा सहभागी थिए । कणर्ाली प्रदेशबाट १ जना खेलाडी पनि प्याराग्लाडिङमा भाग लिएका थिए ।
प्याराग्लाइडिङमा जम्मा २५ जना खेलाडी सहभागी प्रतियोगितामा आइतबार निसिम आठौं नम्बरमा आएका थिए । सोमबार र मंगलबार उडान सकेपछि प्याराग्लाइडिङको फाइनल हुन्थ्यो । रेफ्रि सुरेनका अनुसार सबै खेलाडीको प्याराग्लाइडिङमा जिपिएस जडान गरिएको थियो । पाइलट उडेर कहाँसम्म पुग्ने जिपिएसमै प्वाइन्ट गरिएको थियो । खेलाडीका जिपिएस सिस्टममा राखेपछि रिजल्ट आउँथ्यो । प्रतियोगिताका क्रममा खेलाडीको निधन भएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ खेल स्थगित भएको
छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति नलिएको
पाइएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले प्याराग्लाइडिङ उडाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर राखेपले प्राधिकरणको कुनै पनि कार्यालयबाट अनुमति नलिएको नागरिक उड्यन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए ।
यता, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले नेपाल सरकारकै कार्यक्रम भएकाले अनुमति नलिएको प्रतिक्रिया दिए ।
उनको शव आइतबार पश्चिमाञ्चल अस्पतालमा नै पोष्टमार्टम गरेर राखिएको छ । सोमबार बिहान १० बजे रामघाटमा नेपाली सेनाको उपस्थितीमा परिवारले शवको अन्त्येष्टि गर्नेछ । अन्त्येष्टिमा उनलाई राष्ट्रिय सम्मान दिनको लागि छलफल भएतापनि करारका खेलाडी भएका कारण सेनाको कार्यविधी अनुसार उक्त सम्मान भने दिन नमिल्ने पृतनापति बाबुराम श्रेष्ठले जानकारी दिए ।
थापाको निधन भएपछि म्याग्दीमा जारी महिला भलिबल खेलाडी देखि उपस्थित दर्शक, पदाधिकारीहरुले शोक प्रकट गर्दै मौनधारण गरेका छन ।

सोमबार, असोज ३१, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

पोखरा मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, “निसिम पदकका दाबेदार हुन ।”
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए । उनले त्यतिबेला रजत मात्र जितेनन, स्वणर्को लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौसलद्वारा त्यसलाई प्रमाणित पनि गरे ।
हावाको वेगसँग पाँैठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन । ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निसिमको जीवनमा अब मंगलबार आउनेछैन । अन्यथा सोमबार बिहान पनि उनी सराङकोट तिरै हुन्थे वा उडान भरेर फेवा किनारमा सुस्ताइरहेका हुन्थे ।
तर, आज उनले सराङकोटबाट उडान भरेनन, न फेवा किनारको प्याराग्लाइडिङ ल्याण्ड गर्ने समथर भूभागमा नै थिए । उनी बिहानसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा थिए, त्यसपछि बौद्ध अर्घौँ सदन अनि रामघाट । उनलाई ल्याइएको सवारी मालाले ढाकिएको थियो, त्यसमा एउटा ठुलो फ्लेक्समा मुस्काइरहेका निसिमको तस्बिर थियो । अनि लेखिएको थियो, “हार्दिक श्रद्धाञ्जली, जन्म ः २०५१/३/२०, स्वर्गारोहण ः २०७९/६/३० ।” मुस्काइरहेको फ्लेक्स बोकेको गाडीमा कहिल्यै नउठ्ने गरि सुस्ताइरहेको एउटा शव थियो । तस्बिरमा जस्तो मुस्कान थिएन । गाडीमा सवार एक व्यक्तिले उनै निसिमको रंगीन तस्बिर बोकेका थिए । फुंग उडेको अनुहार लिएर रंगीन तस्बिर बोक्ने अरु कोही थिएनन, थिए त निसिमका आफ्नै बुवा प्रकाश थापा ।
गाडीको पछाडि थिए, आर्मीका अधिकारीहरुको लस्कर, खेलकदुका पदाधिकारीको सहभागिता, पोखराका मेयर देखि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, खेलप्रेमी अनि आफन्तको रोदन र क्रन्दन । आमा सावित्री मोक्तानको बिलौना आइतबारदेखि उस्तै छ । बौद्ध अर्घौँ सदनमा लामाले मृत्युसंस्कार पाठ पढ्दै गर्दा छोरालाई चुम्न पुगेकी मोक्तानले भगवानलाई पुकार्दै थिइन, “तिमीले मेरो प्रार्थना एक सेकेन्ड सुनेनौ, तिमीले सुन्नुपथ्र्यो ..।”
आमाबाबुको रोदन, क्रन्दनमा उनै निसिम थिए । जो उनीहरुका एक्ला सन्तान थिए । मुटुको टुक्रा थिए । त्यही भएर त उनीहरु छियाछिया हुन पुगे ।
निसिम अब रहेनन ।
जति चोट आमाबाबुलाई पर्‍यो देशलाई पनि उत्तिकै होनहार खेलाडीको खति भयो । निसिम अब हावामा उड्ने छैनन । संस्कार अनुसार पूजा सकिएपछि निसिमलाई त्यही अर्घौँ सदनमा रहेको विद्युतीय शवदाह गृहमा लगियो । नीर्जिव उनको शरीको अस्तित्व खरान भयो ।
अलबिदा निसिम ।
……………
नेपाली खेलकुद इतिहासमा प्याराग्लाइडिङ गत राष्ट्रिय खेलकुदमा मात्रै समावेश हुन पुग्यो । २०७५ मा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक प्याराग्लाइडिङ खेल समावेश भएको थियो ।
यही प्रतियोगिताबाट २५ वर्षीय निसिम थापाले नेपाली आर्मीबाट क्रसकन्ट्री समूह इभेन्टमा रजत जिते । उमेर थियो २३ वर्ष ।
कलिलो उमेरमा विभागीय टिमबाट खेलेर रजत जित्दै गर्दा उनको लक्ष्य थियो, अर्को राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भाग लिने र स्वणर् जित्ने ।
पछिल्लो दशकदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका थापाको तयारी पनि सोही अनुसार नै थियो । टेन्डम देखि सोलो उडानमा उनी पोख्त थिए ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भयो, प्याराग्लाइडिङ पनि समावेश भयो । आफूलाई तयार पारेका निसिम यसपटक स्वणर्का लागि पोखरेली आकाशमा उडान भर्न आफूलाई तयार गर्दैथिए । प्रतियोगितामा सहभागी विभागीय टिम नेपाल आर्मीले यसपटक पनि उनलाई अनुबन्ध गर्‍यो । क्रसकन्ट्री, क्रसकन्ट्री टिम र अक्युरेसी विधामा प्याराग्लाइडिङ खेल समावेश गरिएका थिए । यही विधामध्ये क्रसकन्ट्रीतर्फको उडानको लागि उनले ग्लाइडर तयार गरे । अनुभव र उत्साहका साथ आइतबार मध्यान्हमा खुलेको आकाशमा उनी देशको लागि खेल्दै थिए । ग्लाइडर तयार गरे, उडान भरे र आकासिन खोजे । जब निसिमले सराङकोटको डाँडाबाट धर्ती छाडे, उनी करिब १०० मिटर माथिसम्म पुगे । उनको ग्लाइडर खुलेन । आकाशमा उडेका थापा जमिनको नजिकै आए र बजारिन पुगे । “हाम्रो भाषामा अटोरोटेसन भन्छ । कोल्याप्स भनिन्छ । त्यसलाई कभर गर्दागर्दै अटो हुन पुग्यो, अनि रोटेट भएर क्र्यास भयो । हावाको चाप नियन्त्रणमा लिन खोज्दाखोज्दै लो मा आाएछ । अनि जमिनमा शरिर ठोकिन पुग्यो ।” नेपाल
प्याराग्लाइडिङ पाइलट क्लवका अध्यक्ष विमल पहारीले भने ।
दुर्घटनाग्रस्त भएका थापालाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगियो । तर, टाउकोमा चोट लागेका थापलाई अस्पतालले मृत घोषणा गरिदियो । “क्रसकन्ट्रीका राम्रा प्लेयर हुन । विभिन्न प्रतियोगितामा भाग लिइरहन्थे । लामोदुरीका राम्रा पाइलट हुन । हामी
बिहान पनि भेटेका थियौँ, बेस्ट अफ लक भनेर तल झर्‍यौँ, तर ब्याडलक हुन पुग्यो ।” पहारीले भने । थापा प्याराग्लाइडिङ खेलतर्फ आइतबारको इभेन्टमा सुरुमा उडेका थिए । उनलाई रेफ्री सुरेन गुरुङले आकाशबाटै
हेर्दै थिए । प्रतियोगिता सुरु गर्नुअघि आवश्यक तयारी पुरा भएपछि हावाको चाप र मौसमका अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडे । उनले नै हावाको चाप नर्मल भएपछि थापालाई उडान अनुमति दिएका थिए ।
तर, पोखरेली आकाशमा सिकेको प्याराग्लाइडिङ आइतबार उनको लागि अनुकुल भएन । राष्ट्रिय खेलकुदका इभेन्टहरु पिक आवरमा पुगेको बेला आइतबार पोखरेली आकाशले एउटा प्रतिभा गुमायो ।
प्याराग्लाइडिङ खेलाडीका रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएका पाइलट निसिमले नेपालमा मात्र होइन, भारत,
इन्डोनेसिया, कोरिया लगायतका देशमा पनि प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन पुगेका थिए । पोखरामा व्यवसायिक प्याराग्लाइडिङ उडाउँदै आएका निसिमले विभिन्न प्रतिष्पर्धामा माग लिएका छन ।
नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वाटरका पृतनापती बाबुराम श्रेष्ठले भने, “दुर्भाग्य भयो, पदकभन्दा ज्यान ठुलो
थियो । उहाँ राम्रो खेलाडी हुनुहुन्थ्यो ।” थापाले नै अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीकै तर्फबाट भाग लिएर रजत जितेका थिए । यसपटक पनि आर्मीले प्याराग्लाइडिङका सबै इभेन्टमा भाग लिएको थियो । “लक्ष्य सबै इभेन्टमा भएतापनि उहाँले स्वणर् जित्नेमा हामी विश्वस्त थियौँ ।” कणर्ेल मुनाल बस्नेतले भने ।
तर, थापा नै रहेनन । देशले एउटा खेलाडी गुमायो, प्याराग्लाइडिङका सबै इभेन्ट रद्ध भए । प्याराग्लाइडिङ नै
अनिश्चितकालका लागि बन्द भएको छ । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत थापाका नजिकका साथी हुन असिम गुरुङ । असिमलाई निसमले शनिबार भेट्ने भन्दै थिए । तर, व्यस्तताले दुइजनाको भेट हुन सकेन । बिहानै जिममा भेटिरहने उनीहरु सानैदेखिका साथी हुन । कक्षा १२ दुवैले सँगै पढे ।
थापाले आफू प्याराग्लाइडिङमा आर्मीको तर्फबाट खेल्ने भनेर सुनाएका पनि थिए । त्यसकै तयारीमा व्यस्त होला भनेर उनले थापालाई शनिबार भेटेनन । तर, आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रांगणमा उनका बाल्यकालीन साथी पोष्टमार्टम भवनमा थिए । अनि असिमचाहिँ आँखामा आँसु लिएर, त्यही भवन बाहिर ।
ङ्गहामीलाई सहयोग गथ्र्यो । बिचरा उसको दाई (दाइ पर्ने) पनि यस्तै प्याराग्लाइडिङ दुर्घटनामानै बितेका हुन । यो
पनि त्यस्तै भयो, मन नै कस्तो … ।” उनको गला रोकियो ।
उनी बोल्दै गर्दा पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएका छोरालाई सम्झेर आमाले बिलौना
गर्दै थिइन । गोरखा पालुङटार जन्मिएका थापा आमाबुवाका एक्ला सन्तान हुन । बाबु पोखरामै भएतापनि आमा चाहिँ काठमाण्डौमा थिइन । बिहान साढे ११ बजे आकाशमा उडेका थापाको प्राण नफर्किने गरि उडिसक्दा आमालाई थाहा थिएन । प्रहरीले नै अस्पताल ल्याइसकेपछि बुवाले पनि थाहा पाए । थापाका बाबुआमा शिक्षण पृष्ठभूमिका हुन । काठमाण्डौमा रहेकी आमालाई नेपाली सेनाले हेलिकप्टरमा पोखरा ल्यायो । पोखरा आएर मेट्रोसिटी अस्पतालमा रहेको छोराको शव उनले हेर्न सकिनन । सकिन त मात्र रुन र भगवानलाई पुकार्न … ।
निसमलाई त्यहाँबाट पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । बुबा सम्हालिँदै थिए, आमाले जसरी भएपनि अन्तिमपटक छोराको मुख हेर्ने भनेर रोहिरँदा अस्पताल परिसर नै भावविह्वल बन्न पुग्यो ।
पोष्टमार्टम भवनभित्र राखिएको कोल्ड स्टोर्सबाट थापाको मृत शरीर देखाइयो । त्यसलाई अँगाल्दै आमाले भनिन, “छोरा भनेको मान्थ्यौ, तर भगवानले एक सेकेण्ड सुनेनन, भगवानले सुन्नुपथ्र्यो …।” उनी अब रहेनन । आकाशमा उड्ने उनको सपना, आकाशमै उडिगयो । उनी गए, आफ्ना सपना थाती राखेर, बुवाआमाको सपना थाती राखेर ।
प्याराग्लाइड खुम्चिएर खसेका थिए पाइलट निसिम
गण्डकी, बागमती, प्रदेश- १ नेपाली सेना, सशस्त्र प्रहरी बलबाट ४/४ जना खेलाडी प्रतियोगितामा सहभागी थिए । कणर्ाली प्रदेशबाट १ जना खेलाडी पनि प्याराग्लाडिङमा भाग लिएका थिए ।
प्याराग्लाइडिङमा जम्मा २५ जना खेलाडी सहभागी प्रतियोगितामा आइतबार निसिम आठौं नम्बरमा आएका थिए । सोमबार र मंगलबार उडान सकेपछि प्याराग्लाइडिङको फाइनल हुन्थ्यो । रेफ्रि सुरेनका अनुसार सबै खेलाडीको प्याराग्लाइडिङमा जिपिएस जडान गरिएको थियो । पाइलट उडेर कहाँसम्म पुग्ने जिपिएसमै प्वाइन्ट गरिएको थियो । खेलाडीका जिपिएस सिस्टममा राखेपछि रिजल्ट आउँथ्यो । प्रतियोगिताका क्रममा खेलाडीको निधन भएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ खेल स्थगित भएको
छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति नलिएको
पाइएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले प्याराग्लाइडिङ उडाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर राखेपले प्राधिकरणको कुनै पनि कार्यालयबाट अनुमति नलिएको नागरिक उड्यन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए ।
यता, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले नेपाल सरकारकै कार्यक्रम भएकाले अनुमति नलिएको प्रतिक्रिया दिए ।
उनको शव आइतबार पश्चिमाञ्चल अस्पतालमा नै पोष्टमार्टम गरेर राखिएको छ । सोमबार बिहान १० बजे रामघाटमा नेपाली सेनाको उपस्थितीमा परिवारले शवको अन्त्येष्टि गर्नेछ । अन्त्येष्टिमा उनलाई राष्ट्रिय सम्मान दिनको लागि छलफल भएतापनि करारका खेलाडी भएका कारण सेनाको कार्यविधी अनुसार उक्त सम्मान भने दिन नमिल्ने पृतनापति बाबुराम श्रेष्ठले जानकारी दिए ।
थापाको निधन भएपछि म्याग्दीमा जारी महिला भलिबल खेलाडी देखि उपस्थित दर्शक, पदाधिकारीहरुले शोक प्रकट गर्दै मौनधारण गरेका छन ।

सोमबार, असोज ३१, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.