छेपेटार, गोरखा । लायन्स क्लब अफ चितवन रोयल मिड टाउनको आयोजना र पृथ्वि नारायण सामुदायिक हस्पिटल छेपेटार, गोरखाको सहकार्यमा आज शनिबार २१० जनाले सेवा लिएका छन् । जसमा ११९ जना हाडजोर्नि तथा नशाका बिरामी धेरै रहेका पृथ्वीनारायण सामुदायिक अस्पतालका प्रमुख राजन पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार ९७ जनाले मधुमेह जाँच गरेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब अफ चितवन रोयल मिड टाउनका अध्यक्ष आनन्द बाबु पाण्डेको सभापत्तित्व भएको थियो । कार्यक्रममा पृथ्वि नारायण सामुदायिक हस्पिटलका अध्यक्ष सिता राम थापा मगरको प्रमुख आथित्यमा सम्पन्न भएको अस्पतालका प्रमुख पाण्डेले जानकारी दिए ।








