लमजुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लमजुङले विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार एक कार्यक्रम गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लमजुङका अध्यक्ष संकल्प न्यौपाने र सचिव मिनेन्द्र रेग्मी द्वारा हस्ताक्षर गरिएको विज्ञप्ति साहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रलाई हस्तान्तरण गरेको अध्यक्ष न्यौपानेले बताए ।
हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै :
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू, लमजुङ जिल्ला
विषय:- ज्ञापन पत्र
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) देशभरका जनताका छोराछोरीहरुको हितको लागि लड्ने संगठन हो। विभिन्न आन्दोलनको नेतृत्व गर्दै हालको अवस्थामा आइपुग्दा अखिल (क्रान्तिकारी विद्यार्थीको हितको लागि लड्ने एकमात्र संगठन भएको सर्ववदते छ। विभिन्न विद्यार्थीका मुद्धा जस्तै स्ववियु खेल्न पाउने अधिकार, निजीकरणको विरुद्धको आन्दोलन, शिक्षामा सबैको समान पहुँच देखि विभिन्न राजनैतिक यवम सामाजिक मुद्रा जस्तै ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, किसान आन्दोलन, विभेद र छुवाछुत विरुद्धको आन्दोलन जस्ता आन्दोलनको अग्रगामी भूमिकामा रहेर विद्यार्थी, देश, जनता र सम्पूर्ण नेपालीको मुढालाई समेट्दै देश, जनता र विद्यार्थीको निम्ति लड्ने संगठन हो अनेरास्ववियू (कान्तिकारी महान जनयुद्ध महान सहिद के दिल बहादुर रम्तेल, क वैनोज अधिकारी के मुकुन्द न्यौपाने जस्ता महान सहिद यवम बेपत्ता योद्धाहरूको संगठन हो यो। महंगो फि असुली अवैज्ञानिक शैक्षिक प्रणाली, अव्यवस्थित विद्यालय, अनावस्यक रूपमा शैक्षिक क्षेत्रमा व्यापक राजनीति देखि अव्यवाहारिक शिक्षा, विध्यालय / क्याम्पस प्रशासनको लापरवाही ढिलासुस्ती, पुजिवादि शिक्षा प्रणाली व्यापक भ्रष्टाचार, प्रअ / शिक्षक/ व्यवस्थापन समितिमा राजनैतिक नियुक्ति जस्ता जरा गाडेर बसेका समस्याको विरुद्धमा अखिल (क्रान्तिकारी) संघर्षरत रहको कुरा यहाहरुलाइ सर्वविदितै छ।
अनेरास्ववियू (क्रान्तिकारी लम्जुङ जिल्ला समिति आफ्नो स्थापना काल देखि नै विध्यार्थीका मुद्दामा लड्दै गरको कुरा यहाहरुलाई सर्वविदितै छ प्राइभेट विध्यालयको मनोमानी, सरकारी विध्यालयको खस्कदो पढाइ जस्ता समस्याका विरुद्ध लड्दै अखिल (कान्तिकारी लम्जुङ्ग जिल्ला समिति आजको दिन सम्म आइपुगेको छ। विभिन्न विद्यार्थी आन्दोलन र राजनैतिक आन्दोलन को नेतृत्व गर्दै गर्दा आफ्नो ज्यानलाई समेत आहुति दिन पछाडी नहट्ने लमजुङका विद्यार्थी सहिद क मुकुन्द न्यौपाने, क राममणि भट्टराई, के पवित्रा पौडेल, के कोपिला घिमिरे जस्ता महान सहिद र घाइते बेपत्ता विद्यार्थी योद्धाले देखाउनु भएको बाटोलाई आत्मासाथ गर्दै आगामी दिनमा पनि हामी विद्यार्थीका मुद्धा कहिल्यै नछोड्ने कुरामा प्रतिबद्ध छौं ।
यसै क्रममा हाल समजुङको सन्दर्भमा विद्यार्थीहरुले विभिन्न समस्या भोगेको हाम्रो ठम्याई छ। विद्यार्थी भोलिका देशका कर्णधार हुन भोलीको देशको अवस्था कस्तो रहने भन्ने कुरा आज उनीहरूले पाएका शिक्षाको स्तर बाट थाहा हुन्छ त्यसैले भोलीको देशको सुन्दर भविष्यको लागि आज उनीहरूको शिक्षाको स्तर राम्रो हुनु पर्दछ। त्यसैले विद्यार्थीहरुलाई अब्बल बनाउनको लागि हाम्रो संगठन अखिल (क्रान्तिकारी)ले यो ज्ञापन पत्र निम्न माग सहित बुझाएको छ।
● सार्वजनिक यातायातको भाडामा वैज्ञानिक भाडादर कायम गर्नुपर्ने जिल्ला भित्र चल्ने सम्पूर्ण सार्वजनिक यातायातमा विद्यार्थीको सम्बन्धित शैक्षिक संस्थाको परिचयपत्र वा ड्रेसको आधारमा ४५% सम्म भाडामा सहुलियत प्रदान गर्नुपर्ने।
• सम्पूर्ण शैक्षिक संस्थाहरुमा सफा र स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने छ। हरेक शिक्षण संस्थामा अनिवार्य रुपमा छात्र र छात्रा गरी छुट्टा छुट्टै शौचालयको सुविधा हुनुपर्ने छ साथै हरेक छाना शौचालयमा अनिवार्य रुपमा स्यानिटरी प्याड को व्यवस्था हुन पर्ने
● प्राविधिक धारका पढाइ हुने विद्यालय / क्याम्पसहरूमा प्रयोगात्मक शिक्षण सिकाइ तदारुकता साथ लागु गर्दै शिक्षाको गुणस्तर उकास्नु पर्ने
• हरेक विध्यालयलाई उत्पादन संग जोड्दै व्यवाहारिक शिक्षा प्रदान गर्नुपर्ने र योग्यता पुगेका विध्यार्थीहरको रोजगारीको सुनिश्चितता गरिनु पर्ने।
● लम्जुङ भित्र घोलिएका सामन्ती चरित्रका विभिन्न प्राइभेट विध्यालय / कलेजहरुले मनमानी रुपले विभिन्न शिर्षकमा रकम असुलेको सर्वविदितै छ यसको प्रत्यक्ष असर गरिब जनताका छोराछोरीलाई परेको सर्वविदितै छ। यसलाई नियन्त्रण गरी गरिव सर्वहारा वर्गका छोराछोरी लाइ पनि गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता गरिनुपर्ने।● विज्ञान, कम्प्युटर प्रयोगशाला पुस्तकालय आदि पढाइ संग सम्बन्धित कुराको उचित व्यवस्थापन हुनुपर्ने प्रयोगशाला नभएका विध्यालयमा प्रयोगशालाको स्थापना अनिवार्य रुपमा गराउनुपर्ने र भएका विध्यालयमा प्रयोगशालाको उपयोग गरेर व्यवाहारिक शिक्षा प्रदान गर्नुपर्ने साथै पुस्तकालयमा यथेष्ट मात्रामा पढाइका सामाग्रिहरु उपलब्ध हुनुपर्ने
● शिक्षामा राजनैतिक भागवण्डा गलत हो। दरबन्दी मिलान, शिक्षक सरुवा / नियुक्ति, वि.व्य.स चयन, प्रधानाध्यापक नियुक्ति लगाएतका शिक्षासंग सिधै सम्बन्धित विषयमा राजनैतिक भागवण्डा गरिने कुरा पुर्ण रुपमा खारेज गरिनुपर्ने।क्रान्तिकारी अभिवादन सहित !








