• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

ग्राण्डीका डा चक्रराज पाण्डेको धन्दा : काम ग्राण्डीमा, विरामी निजी क्लिनिकमा

संवाददाता
बिहिबार, कार्तिक ०४, २०७८ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, ४ कात्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको कालो धन्दा बाहिरीएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विस २०६९ मा स्थापना भएको ग्राण्डीमा मेडिकल डाइरेक्टरको जिम्मा पाएका डा पाण्डेले चेकजाँचका लागि ग्राण्डी गएका विरामीलाई धमाधम आफ्नो क्लिनीकमा लगेर चेकजाँच गरी कमाउ धन्दामा लागेका छन् ।

ग्राण्डी अस्पतालका सञ्चालक समितिका सदस्य समेत रहेका पाण्डे दैनिक २ घण्टा ग्राण्डीमा र बाँकी समय लाजिम्पाटमा रहेको अनामिवा हेल्थ एण्ड वेलनेश सेन्टरमा विताउने गरेका छन् । सञ्चो नभएर ग्राण्डीमा गएका विरामीलाई आफ्नो भिजिटिङ कार्ड दिएर क्लिनिकमा बोलाउने गरेको एक विरामीले बताए ।

एकातिर अस्पतालको मेडिकल डाइरेक्टर जस्तो मुख्य जिम्मेवारी र अर्कोतर्फ सञ्चालक समितिको सदस्यजस्तो महत्वपूर्ण पदमा बसेर निजी क्लिनीक सञ्चालन गर्नु कत्तिको जायज हो प्रश्नचिन्ह खडा भएको छ । बेलाबेलामा निजी क्लिनीक सञ्चालन गर्ने धम्की दिँदै आएका डा पाण्डेले अन्ततः गत वर्षको कात्तिकदेखि क्लिनीक सञ्चालन गरेका छन् । ९ वर्षदेखि मेडिकल डाइरेक्टर र सञ्चालक समितिमा पुरा अधिकार लिएर बसेका डा पाण्डेको व्यवहारका कारण तत्कालिन समयमा डा उपेन्द्र महतो र रुपजोती समूह ग्राण्डीबाट बाहिरिएको थियो । डा पाण्डेले महतो र रुपजोती समूहलाई आफैँ ल्याएर आफैँ हटाएका थिए ।

ग्राण्डीमा रु ६ करोड लगानी गरेर ग्राण्डीबाट तलब र भत्तावापत हालसम्म झण्डै ३० करोडभन्दा बढी रकम लिइसकेका पाण्डेले आफ्नो श्रीमति सपना पाण्डेलाई ग्राण्डीको खरीद शाखाको प्रमुख बनाएर करौडौँ रुपैँया आर्थिक हिनामिना गरेको आरोप समेत लागेको छ । डा पाण्डेले मेडिकल डाइरेक्टर र सञ्चालक समितिको सदस्य भएर आफ्ना मान्छेलाई ग्राण्डीको रेष्टुरेन्टसमेत सञ्चालनको जिम्मेवारी दिएर ठूलो आर्थिक लाभ लिएको अस्पतालका कर्मचारी बताउँछन् ।

अस्पतालको सञ्चालक समितिले डा पाण्डेको श्रीमतिलाई खरीद शाखाबाट र आफन्तलाई ग्राण्डीको रेष्टुरेन्ट सञ्चालनको जिम्मेवारीबाट हटाएपछि डा पाण्डे अस्पताल सञ्चालक समितिसँग रुष्ट हुँदै आएका थिए । अस्पताल सञ्चालक समितिबाट रुष्ट बनेका डा पाण्डेले ग्राण्डी धरासयी बनाएर आफ्नो क्लिनीकबाट आर्थिक लाभ लिनका लागि ग्राण्डीमा लामो समय काम गरेका चर्चित डा भगवान कोइराला, डा अर्जुन कार्की, डा ओममूर्ती अनिल, डा प्रकश काफ्लेलगायतलाई उहाँकै कारण हट्न बाध्य भएका थिए ।

कोरोनाको महामारीका समयमा ग्राण्डीमा कार्यरत चर्चित डाक्टरहरु हटाउनु र आफ्नो निजी क्लिनीक खोल्नुले पनि डा पाण्डेले ग्राण्डीप्रति गरेको व्यवहार प्रष्ट देखिन्छ । ग्राण्डीले पुरा विश्वास गरेर राखेको व्यक्तिले नै घात गरेपछि ग्राण्डीको आन्तरिक व्यवस्थापनको जिम्मा विगत पाँच महिनादेखि भारतीय समूह ‘लसान्ते’लाई दिईएको छ । हाल ग्राण्डीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा भारतीय चिकित्सक डा अशोक बद्र्धन, सिओओमा अमृत खन्ना र प्रभावशाली कार्यकारीको भूमिकामा डा नोनिका गोयललाई दिइएको छ ।

डा पाण्डेले ग्राण्डीप्रति गरेको व्यवहारका कारण निमित्त मेडिकल डाइरेक्टर डा विनोद विजुच्छेलाई अस्पतालको जिम्मेवारी दिन बाध्य भएको अस्पताल स्रोत बताउँछ । पछिल्लो समय सञ्चालक समितिका सदस्यसँग राम्रो सम्बन्ध नभएका कारण डा पाण्डे वोर्डको बैठकमा समेत आउन छोडेका छन् ।

नेपालका डाक्टरमध्ये राम्रो प्रोफाइल बनाएका डा पाण्डेले आर्थिक कुरालाई लिएर नाम चलेको अस्पताललाई भद्रगोल बनाउनुले नै उहाँको व्यवहार प्रष्ट देखिन्छ । गत वर्षको साधारण सभामा डा पाण्डेलाई शेयरधनीले अनियमिताको प्रश्न गर्न खोज्दा साधारण सभामै शेयरधनीलाई नयाँ क्लिनीक खोल्ने धम्की दिएका थिए । अन्ततः उनले क्लिनीक खोलेर अस्पतालप्रति गैरजिम्मेवारी व्यवहार देखाएका छन् ।

पछिल्लो समय अस्पतालको जिम्मेवार पदमा बसेका डा पाण्डेले गरेका क्रियाकलापका विषयलाई लिएर अस्पतालका एक शेयरधनीसँग जिज्ञासा राख्दा उनले डा पाण्डेका विषयमा आगामी साधारण सभामा छलफल हुने बताए । “सञ्चालक समितिको सदस्य र मेडिकल डाइरेक्टरजस्तो गरिमामय पदमा बसेर डा पाण्डेले जे गर्नुभएको छ, यो सरासर गलत छ, यसबारे आगामी साधारण सभामा घनीभूत छलफल हुनेछ,”– उनले भने । ग्राण्डीले आगामी कात्तिक ७ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

बिहिबार, कार्तिक ०४, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, ४ कात्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको कालो धन्दा बाहिरीएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विस २०६९ मा स्थापना भएको ग्राण्डीमा मेडिकल डाइरेक्टरको जिम्मा पाएका डा पाण्डेले चेकजाँचका लागि ग्राण्डी गएका विरामीलाई धमाधम आफ्नो क्लिनीकमा लगेर चेकजाँच गरी कमाउ धन्दामा लागेका छन् ।

ग्राण्डी अस्पतालका सञ्चालक समितिका सदस्य समेत रहेका पाण्डे दैनिक २ घण्टा ग्राण्डीमा र बाँकी समय लाजिम्पाटमा रहेको अनामिवा हेल्थ एण्ड वेलनेश सेन्टरमा विताउने गरेका छन् । सञ्चो नभएर ग्राण्डीमा गएका विरामीलाई आफ्नो भिजिटिङ कार्ड दिएर क्लिनिकमा बोलाउने गरेको एक विरामीले बताए ।

एकातिर अस्पतालको मेडिकल डाइरेक्टर जस्तो मुख्य जिम्मेवारी र अर्कोतर्फ सञ्चालक समितिको सदस्यजस्तो महत्वपूर्ण पदमा बसेर निजी क्लिनीक सञ्चालन गर्नु कत्तिको जायज हो प्रश्नचिन्ह खडा भएको छ । बेलाबेलामा निजी क्लिनीक सञ्चालन गर्ने धम्की दिँदै आएका डा पाण्डेले अन्ततः गत वर्षको कात्तिकदेखि क्लिनीक सञ्चालन गरेका छन् । ९ वर्षदेखि मेडिकल डाइरेक्टर र सञ्चालक समितिमा पुरा अधिकार लिएर बसेका डा पाण्डेको व्यवहारका कारण तत्कालिन समयमा डा उपेन्द्र महतो र रुपजोती समूह ग्राण्डीबाट बाहिरिएको थियो । डा पाण्डेले महतो र रुपजोती समूहलाई आफैँ ल्याएर आफैँ हटाएका थिए ।

ग्राण्डीमा रु ६ करोड लगानी गरेर ग्राण्डीबाट तलब र भत्तावापत हालसम्म झण्डै ३० करोडभन्दा बढी रकम लिइसकेका पाण्डेले आफ्नो श्रीमति सपना पाण्डेलाई ग्राण्डीको खरीद शाखाको प्रमुख बनाएर करौडौँ रुपैँया आर्थिक हिनामिना गरेको आरोप समेत लागेको छ । डा पाण्डेले मेडिकल डाइरेक्टर र सञ्चालक समितिको सदस्य भएर आफ्ना मान्छेलाई ग्राण्डीको रेष्टुरेन्टसमेत सञ्चालनको जिम्मेवारी दिएर ठूलो आर्थिक लाभ लिएको अस्पतालका कर्मचारी बताउँछन् ।

अस्पतालको सञ्चालक समितिले डा पाण्डेको श्रीमतिलाई खरीद शाखाबाट र आफन्तलाई ग्राण्डीको रेष्टुरेन्ट सञ्चालनको जिम्मेवारीबाट हटाएपछि डा पाण्डे अस्पताल सञ्चालक समितिसँग रुष्ट हुँदै आएका थिए । अस्पताल सञ्चालक समितिबाट रुष्ट बनेका डा पाण्डेले ग्राण्डी धरासयी बनाएर आफ्नो क्लिनीकबाट आर्थिक लाभ लिनका लागि ग्राण्डीमा लामो समय काम गरेका चर्चित डा भगवान कोइराला, डा अर्जुन कार्की, डा ओममूर्ती अनिल, डा प्रकश काफ्लेलगायतलाई उहाँकै कारण हट्न बाध्य भएका थिए ।

कोरोनाको महामारीका समयमा ग्राण्डीमा कार्यरत चर्चित डाक्टरहरु हटाउनु र आफ्नो निजी क्लिनीक खोल्नुले पनि डा पाण्डेले ग्राण्डीप्रति गरेको व्यवहार प्रष्ट देखिन्छ । ग्राण्डीले पुरा विश्वास गरेर राखेको व्यक्तिले नै घात गरेपछि ग्राण्डीको आन्तरिक व्यवस्थापनको जिम्मा विगत पाँच महिनादेखि भारतीय समूह ‘लसान्ते’लाई दिईएको छ । हाल ग्राण्डीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा भारतीय चिकित्सक डा अशोक बद्र्धन, सिओओमा अमृत खन्ना र प्रभावशाली कार्यकारीको भूमिकामा डा नोनिका गोयललाई दिइएको छ ।

डा पाण्डेले ग्राण्डीप्रति गरेको व्यवहारका कारण निमित्त मेडिकल डाइरेक्टर डा विनोद विजुच्छेलाई अस्पतालको जिम्मेवारी दिन बाध्य भएको अस्पताल स्रोत बताउँछ । पछिल्लो समय सञ्चालक समितिका सदस्यसँग राम्रो सम्बन्ध नभएका कारण डा पाण्डे वोर्डको बैठकमा समेत आउन छोडेका छन् ।

नेपालका डाक्टरमध्ये राम्रो प्रोफाइल बनाएका डा पाण्डेले आर्थिक कुरालाई लिएर नाम चलेको अस्पताललाई भद्रगोल बनाउनुले नै उहाँको व्यवहार प्रष्ट देखिन्छ । गत वर्षको साधारण सभामा डा पाण्डेलाई शेयरधनीले अनियमिताको प्रश्न गर्न खोज्दा साधारण सभामै शेयरधनीलाई नयाँ क्लिनीक खोल्ने धम्की दिएका थिए । अन्ततः उनले क्लिनीक खोलेर अस्पतालप्रति गैरजिम्मेवारी व्यवहार देखाएका छन् ।

पछिल्लो समय अस्पतालको जिम्मेवार पदमा बसेका डा पाण्डेले गरेका क्रियाकलापका विषयलाई लिएर अस्पतालका एक शेयरधनीसँग जिज्ञासा राख्दा उनले डा पाण्डेका विषयमा आगामी साधारण सभामा छलफल हुने बताए । “सञ्चालक समितिको सदस्य र मेडिकल डाइरेक्टरजस्तो गरिमामय पदमा बसेर डा पाण्डेले जे गर्नुभएको छ, यो सरासर गलत छ, यसबारे आगामी साधारण सभामा घनीभूत छलफल हुनेछ,”– उनले भने । ग्राण्डीले आगामी कात्तिक ७ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

बिहिबार, कार्तिक ०४, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.