झापा हल्दिबारी गाउँपालिकामा जलथल प्रहरी चौकीले टिपर र अन्य यातायातहरु तिव्र रुपमा हुइकिने गरेको हुँदा सावधानीका काम सुरु गरेको छ ।
जलथल प्रहरी चौकी अगाडि चेक पोष्ट बनाइ अब हेल्मेट प्रयोग नगर्ने यात्रु तथा ट्राफिक नियम उल्लंघन गर्ने लाई कार्वाही गर्दै जाने र स्थानीय तह , स्थानीय अग्रज र अभियान्ताले प्रहरीहरु लाई सहयोग गर्ने विस्वास समेत जलथल प्रहरी चौकीका प्रमुख गोविन्द शिवाकोटीले बताएका छन् ।
उनले थप्दै भने टिपरको गति असीमित भएकाले चोकहरुमा स्थानीय र बालबालिका , अशक्तहरुलाई धेरै समस्याम खेपिरहनु परेकाले र स्थानीय स्तरमा दुर्घटना समेत बढदो भएकाले यस अभियानको सुरुवात गरेको हो ।
स्थानीय युवा अभियान्ता अबिषेक खतिवडा ले प्रहरी लाई युबाहरुले सहयोग गर्ने र यस कार्यक्रम लाई प्रभावकारी बनाउन युबा ,लअभियान्ता लागि पर्ने र समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि थप उर्जाशिल बनाउने समेत प्रतिबद्धता जाहिर गर्नु गरेका छन् ।








