राईनास नगरपालिकाको आयोजना ५ दिने योग शिविर हुने भएको छ । योग शिविर राइनास नगरपालिका वडा नं.६ ढुङ्गेकोलमा गर्न लागिएको हो ।
पताञ्जली योग समितिले नेपालले सहजिकरण गर्ने कार्यक्रमको आयोजना राइनास नगरपालिका तिनपिप्ले लमजुङले र राइनास नगरपालिका वडा नं. ६ को कार्यालयले व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ ।
असोज ८ गते बाट संञ्चालन हेनु कार्यक्रम असोज १२ गते सम्म ढुङ्गेकोलमा हुने जनाईएको छ । उक्त योग शिविरबाट लमजुङको राईनास नगरपालिका, शुन्दरबजार नगरपालिका, गोरखाको पालुङटार नगरपालिका र तनहुँको भानु नगरपालिकाबाट शिविरमा सहभागी हुने अपेक्षा राखिएको आयोजकले बताएको छ ।








