काठमाडौँ, ३१ भदौ । लायन्स क्लब अफ काठमाडौँ च्याम्पियनद्धारा बेबी लाईफ होमका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
लामो समयदेखि सामाजिक काममा सक्रिय सो क्लबले आज काठमाडौँको किर्तिपुर नगरपालिका वडा नं ७ का २७ एचआइभी संक्रमित विद्यार्थीलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
क्बलका तर्फबाट अध्यक्ष दिपकबाबु थापाले बेबी लाईफ होमका प्रतिनिधीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष कृष्ण रिमाल, द्धितीय उपाध्यक्ष सुमन जर्घामगर, सचिव डिवी थापा, कोषाध्यक्ष अर्जुन रिमाल, सदस्यहरु नगरकाजी मगर, रुपश थापा र सुवास थापाको उपस्थिती रहेको थियो ।








