गोरखा – बौद्ध हिमाल युवा क्लबद्वारा आयोजित बौद्ध हिमाल रमाइलो तीज मेला २०८२ भोलि मंगलबार भाद्र १० गते विशेष कार्यक्रमसहित हुने भएको छ । क्लबका अध्यक्ष प्रेम कुमार कुँवरका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

मेलामा तीज नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन् । प्रतियोगितामा प्रथम हुनेले रु. २१ हजार १ सय, द्वितीयले रु. १४ हजार १ सय, तृतीयले रु. ७ हजार १ सय र सान्त्वना विजेताले रु. ३ हजार १ सय प्राप्त गर्नेछन् ।
मेलामा लोकप्रिय कलाकारहरू बिजु तामाङ, रिता तामाङ, सुशिमा खत्री लगायतले प्रस्तुति दिनेछन् । आकर्षक नृत्य प्रतियोगितासहित राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम पालुङटार नगरपाला ५ स्थित समि चौतारामा आयोजना हुने छ । बिहान १० बजेदेखि सुरु हुने मेला साँझसम्म चल्नेछ ।








