तिम्रो र मेरो प्रेम यात्रा पनि बढो अजिबको छ ! लामो समय देखि सामाजिक सञ्जालमा भेटेका हामी बिच एति गहिरो प्रेम बस्छ सोचेकि थिन ! नभेटी न देखि लाएको माया , तिम्रो र मेरो यो प्रेमयात्रामा तिमिले बहार बिछ्याइदियौ , मायानै मायाको पुस्पबृष्टी गराइ दियौं , तिर्खाएको आत्माको प्यास मेटाइ दियौं ! मायाको प्यास बढो अजिबको हुदो रहेछ भन्ने आभास दिलाइदियौं । लामो समयको प्रेम र प्रयास भछी बिबाहको लगन जुरे जस्तो हाम्रो भेट्ने साइत जुरेको दिन अझै ताजा छ मेरो मानसपटलमा !
जति पियो उति तिर्खा बढाउने मायाको प्यास , तेसैले होला हाम्रो पहिलो भेट बढो romantic बन्यो , भनौन समयले नि साथ दियो ! Bike पछाडि बस्दा तिमिलाइ समाउन नि डराएकी म थाहै न पाई तिम्रो अंगालोमा कसरी बाधिए , ? सुनसान र कालोपत्रे रोड , चारैतिर हरियाली डाडाँकाडा , चराको चिरबिर र त्यो सानो घर अनि त्यो बर्षात साथै तिम्रो त्यो न्यानो स्पर्श ,हामी महसुस गर्दै थिएम एकाअर्कालाई , पानीको टिपटिप आवाज , चराको त्यो चिरबिर बिच पनि हामी एकार्काको heart beat महसुस गर्दै थियौ !
प्रिय् तिम्रो साथले ,प्रेमले , अनि तिम्रो त्यो अदाले मेरो मनमा कहिलै ननिभ्ने आगो बालिदिएको छ । तिमी म भित्र कसैले निकाल्न नसक्ने गरि प्रवेश गरि सकेका छौ ! दिनको उज्यालो होस् या रातको अँध्यारो मैले तिमिलाइनै पाउछु ! अझ रातको शुन्यतामा एस्तो लाग्छ तिमी आउने छौ , मेरो छेउमा बस्ने छौ र मलाइ अङ्गाली त्यो जुनको शिरफुल लगाइदिने छौ अनि ती तारारुपि रत्नले जडेका पछेउरिमा मलाइ बेर्ने छौ ! मलाइ म्वाइ खाने छौ सारा प्यास मेटाउने छौ ! यो शिरशिर चिसो बतासले मलाइ छुदा तिमीले अङ्गाल्ने छौ र न्यानोपन
दिनेछौ ।
अबको भेटमा मायाको मदिरापान गरि तिमिसामु मातिन चाहन्छु , मेरा सारा प्रेम तिमिसामु पोख्न चाहन्छु तिमी सामु आफुलाइ खाली गर्न चाहन्छु ! मदिराको नसा त केही बेरमा उत्रिन्छ तर तिम्रो प्रेमको मात म सधैभरी पिहिरहन चाहन्छु , मातिरहन चाहन्छु ! पानीमा माछा डुबेर पनि तैरेको जस्तो म तिम्रो प्रेमामा सधै डुबेर पनि तैरन चाहन्छु ! आशा छ प्रिय् हाम्रो भेटको साइत छिटै जुर्नेछ । ❤️
#Sabu_Shree_Nepal
#Hetauda
कथा – प्रिय मान्छे मीठो सम्झाना (भाग :- १)









