
साउन ३१, गाेरखा, पालुङटार । पालुङटार नगरपालिकाले पनि भाेलीबाट अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरेकाे छ । नगरपालिकाले सुचना जारी गर्दै भाेलीबाट अत्यावश्यक सेवाहरू (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अति आवश्यक सेवामा खटिने कर्मचारीहरु, एम्बुलेन्स, औषधि, खाद्यान्न, तरकारी, पानी, बिजुली आदी) बाहेक अन्य सबै कार्यालय, उधोग, व्यवसाय, बैंक, वित्तीय संस्था, मेला, जात्रा, आवतजावत बन्द गर्ने निर्णय गरेकाे हाे ।








