काठमाडौं, ६ साउन । पछिल्लो २४ घण्टामा एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्युु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७१२ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, तीन हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४७५ जना कोरोना संक्रमित निको भएका छन । अहिलेसम्म ९४।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।








