पालुङटार नगरपालिकामा यतिबेला नीति,कार्यक्रम तथा बजेट घाेषणा भइरहँदा विद्यालय जाने बालबालिकाहरुकाे जीवन विमा , अक्षर चिनाैँ पालिकासँग कार्यक्रमहरु अगाडि आएका हुन् । बालबालिकाहरुले पालुङटार नगरपालिका लेख्न नसक्दा सम्म बर्सेनी कलम र कापि पालिकाले दिने गरी निति ल्याएकाे हाे । यसले राज्य बालबालिका सम्म पुगेकाे जानकारहरु बताउँछन् । बालबालिकाहरुका लागि गरिएकाे लगानी उत्कृष्ट रहेकाे उनीहरुले बताएका हुन् ।
समुदायमा गएर बालबाालिकाहरु र अभिभावकहरुलाइ कानुनी शिक्षा दिने समेत कार्यक्रममा उल्लेख छ । ८२ कराेडका बजेटमा अन्य विकास निर्माणका कार्यक्रमहरु समेटिएका छन् ।








