ग्लोबल गोरखा समाजले पालुङटार नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारी कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि पालुङटार नगरपालिकासङ्ग हातेमालो गर्दै ग्लोबल गोरखा समाजले २५ थान अक्सिमिटर, ५००० पिस मास्क,७१ पिस एन्टिजेन कीट हस्तान्तरण गरेको हो ।
उक्त सामाग्रीहरु ग्लोबल गोरखा समाजका नेपाल सम्योजक बिनोद पोखरेलले नगरपालिका कोरोना फोकल पर्सन दीपेन्द्र गिरीलाई हस्तान्तरण गर्नु भएको थियो ।नगरपालिकामा अहिलेसम्म २७० जना कोरोना सन्क्रमित रहेका छ्न । उनीहरुको उपचार र थप संक्रमण रोकथाम गर्नको यी स्वास्थ्य सामाग्रीले ठूलो सहयोग हुने गिरीले बताउनु भयो ।
ग्लोबल गोरखा समाजले गर्यो पालुङटार नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग
मङ्गलबार, जेठ १८, २०७८
प्रकाशित
तपाईको प्रतिक्रिया








