जिल्लास्थित दोर्दी गाउँपालिकाले यस शैक्षिक सत्र २०८० को क्यालेन्डर निर्माण गरेको छ । गाउँपालिकाको शिक्षा शाखाका कर्मचारीहरुले छलफल गरेर २ हजार ६४० वटा क्यालेन्डर निर्माण गरेको हो ।
पालिकाको शिक्षा शाखाको श्रोत ब्यक्ति टिकाराम थापाले भन्नुभयो, हामीले अन्य पालिकाले निकालेको क्यालेन्डर हे¥यौँ, यहाँ गत चैत महिनामा शिक्षा शाखाका कर्मचारीहरु बसेर छलफल गरेर क्यालेन्डर निर्माण गरेका छौँ । परीक्षा मिति, नतिजा प्रकाशन मिति, प्रअ बैठक, शैक्षिक कार्यक्रम, खेलकुँद प्रतियोगिता, शिक्षा सम्बन्धी हुने कार्यक्रमहरु, स्थानीय विदा र अन्य कार्यक्रमसहितको क्यालेन्डरमा समावेश गरिएको उहाँको भनाई छ ।
शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेका अनुसार १ लाख बराबरको उक्त क्यालेन्डर निर्माण गरेको छ । “४८ वटा विद्यालय रहेको र सो विद्यालयमा ३ हजार ५०० विद्यार्थीहरु रहेका छन् । ती सबै विद्यार्थीहरुलाई एउटा एउटा क्यालेन्डर दिने लक्ष्य रहेपनि बजेट अभावमा उक्त संख्यामा क्यालेन्डर निर्माण गरेर एक भन्दा बढी एउटै घरको रहेकोलाई एउटा क्यालेन्टर वितरण गरेको शिक्षा शाखा प्रमुख लामिछानेको भनाई छ ।” पालिकाले शैक्षिक क्यालेन्डर निर्माण गरेपछि विदा भए नभए, कुन मितिमा कुन कार्यक्रम भन्ने बारे पूर्व जानकारी हुने हुँदा सहज हुने विद्यार्थीहरुको भनाई छ ।








