आसन्न स्थानीय तहको निर्वाचनको पुर्वशन्ध्यामा आईपुग्दा पालुङटारमा राजनीति दलहरुले गठबन्धन गर्ने प्रयास नगरेका होइनन् । यसै समयमा नेकपा एमालेले र जसपा बिच तालमेल भएको भन्ने हल्ला चलाएकोमा नेकपा एमाले पालुङटारले हल्ला मात्र रहेको एक विज्ञप्ति मार्फत जनाएको छ ।
यस्तो लेखिएको छ विज्ञप्तिमा :
२०७९ वैशाख ३० गतेको आसन्न स्थानीय तह निर्वाचनको संघारमा गोरखा जिल्लामा रहनु भएका राजनितिक दल र स्वतन्त्र उमेदवारहरुको आ आफ्नो ढंगको चुनावी अभियान तिब्र रुपमा गरिरहेको कुरा अबगत नै छ यसै विषयमा पालुङटार नगर पालिकाको लागी हाम्रो पार्टी नेकपा एमालेले नगर प्रमुख, उप प्रमुख र १० वटै वडामा वडा अध्यक्ष लगायत सम्पुर्ण सदस्यहरुका प्रत्यासी लाइ चुनाबी अभियानमा सकृय रहदै सम्पूर्ण मतदाता सामु मत प्राप्त गर्ने गराउने विषयमा क्रियाशिल भइ रहदा यस पालुङटार नगर पालिकामा रहेको जनता समाजवादी पार्टीले नेकपा (एमाले) संगको गठबन्धन भइ सकेको हो भन्ने कु प्रचार गरेको प्रति नेकपा (एमाले) पालुङटार नगर कमिटी खेद व्यक्त गर्दै यस्तो भ्रामक समाचारमा नपर्नु हुन सम्पुर्ण पालुङटार नगर पालिका वासी आमा बुबा दाजुभाइ दिदी बहिनी प्रति हार्दिक आह्वान गर्दै यस्ता निराधार समाचार नचलाउनुहुन सम्बन्धित पार्टी जनता समाजवादी पार्टीलाई पनि सचेत गरिन्छ । साथै नेकपा एमाले को सुभचिन्तक, समर्थक र सम्पुर्ण मतदाताहरुलाई ने क पा (एमाले) का अधिकारीक उमेद्वारहरुलाई निर्धक्क मतदान गर्नुहुन अनुरोध गर्दछौ । 
नेकपा एमाले पालुङटारले भन्यो जसपा सँग कुनै गठबन्धन छैन, हल्ला मात्र









