२०७४ को स्थानिय तह निर्बाचनमा बेशिसहर नगरपालीका वडा नं ७ मा नेकपा एमाले बाट गोबिन्द बस्नेतले जीत हासील गरे । उनि सङग नेपाली काङग्रेसका हरीप्रसाद पौडेलले प्रतीस्पर्धा गरेका थिए । 
अहिले भने उनै बस्नेतले नेकपा एमालेको उमेद्वार ऋषिराम बस्नेतलाई सघाईरहेका छन । बस्नेत भने वडा सदस्यमा उमेद्वारी दिएर चुनाबी मैदानमा उत्रिएका छन । नेकपा एमालेको तर्फबाट वडा नं ७ को लागी वडा अध्यक्षमा ऋषिराम बस्नेतले घरदैलो अभियान तिब्र पारेका छन । ऋषिराम बस्नेत युवा संघ लमजुङका ईन्चार्ज समेत हुन भने रेष्टुरेन्ट ब्यवसायी समेत हुन ।बस्नेत बेशिसहरका जनताले महशुस गर्ने गरी परिर्वतन गर्ने प्रतिबद्ता गरेका छन । पुमाखोला नियन्त्रण र ब्यबस्थापन को लागी पहल,वडालाई नमुना मोडालीटी बनाउने योजना,वडाको लागी एम्बुलेन्स सेवा,सहजी खेलमैदान निमार्णधिन कवडहलको स्तरोन्नती,धार्मीक तथा पुरातात्तीक सम्पदाहरुको बिषेश संरक्षण ,मनाङे चौतारा ,चण्डीडाडाको चौतारा र टुटुङेको चौतारालाई थप संरक्षण,युवा उधमको लागी शिपमुलक तालीम,बजार श्रेत्रको ढल निकासा,आमा समुहहरुकोलागी नेतृत्व तथा क्षमता बिकास तथा तालीमहरु,सामुदायिक बन संरक्षण,मरणघाटलाई ब्यबस्थीत,सडक बत्तीको पहुच नपुगेको स्थानमा सोलार बत्तीको ब्यबस्था,वडाबाट दिईने सेवासुबिधा डिजिटलाईज गर्ने,सामुदायिक बिद्यालय,बालबिकास केन्द्रहरुको लागी आबश्यक भौतिक र शैक्षिक ब्यबस्थापन,वडा भित्रका सम्पुर्ण टोलहरु जोड्ने गरी आबश्यक ट्रयाक खोल्ने र खोलीएका ट्रयाकको स्तरोन्नती गर्ने,आमा समुहको निमार्णधिन भबनहरु कार्य सम्पन्न गराउन पहल र सहजी बसपार्कलाई अझै ब्यबस्थीत र आबश्यक पूर्वाधारहरु थप गर्न पहल गर्ने , जस्ता प्रतिबद्घता ब्यक्त गदै घरदैलो अभियान गरेको वडा अध्यक्ष उमेद्घर ऋषीराम बस्नेत बताउछन । उनि सङगै वडा महिला सदस्य बुना रिमाल दलित महिला सदस्य मनिता परियार,खुला सदस्य गोबिन्द बस्नेत र खर्क बहादुर थापा छन । पुर्ब वडाध्यक्ष,युवासङका नेता तथा कार्यकर्ताहरु, त्यस्तै वडा कमीटी र टोल कमीटी लागी परेको छ । त्यस्तै यता नेपाली काङग्रेस बाट किशोरकुमार बस्नेत चुनाबी मैदानमा उत्रिएका छन । उनि पनि होटल ब्यबसायी हुन । त्यस्तै राप्रपा बाट नरहरी पौडेल पनि उत्रिएका छन राप्रपा बाट उमेद्घर बनेका पौडेल पेशाले नित्यकर्म तथा पन्डीत पेशा अपनाएका छन । त्यस्तै नेश्नल मङगोल अर्गनाईजेशनबाट डम्मरकुमारी गुरुङ,जसपा बाट श्रीजंग गुरुङ,नेकपा एसका नारायण थापा पनि चुनाबी मैदानमा उत्रिएका छन् । त्यस्तै गरी स्वतन्त्र उमेद्घर बनेर उठेका ओम बहादुर घिमिरेले स्वईच्छाले उमेद्घरी फीर्ता लिएर आफ्नो पार्टी एमालेका वस्नेतलाई सघाउने प्रतिबद्घता दिएका छन ।
बेशिसहर नगरपालीकाको महत्वपुर्ण वडा पनि लिने गरीएको छ वडा नं ७ लाई,नेकपा एमाले जिल्ला कमीटी लमजुङको सचिब सुभाष पौडेल तथा नेपाली काङग्रेस जिल्ला कार्य समिती लमजुङका पुर्ब अध्यक्ष तथा स्थानिय निर्वचन २०७४ का मेयरका लागी प्रतीस्पर्धा मा उत्रिएका भेषबहादुर पौडेल यि दुबै नेताको वडा भएर बिशेष मानिएको छ भने यहाका बासिन्दा नेकपा एमाले र नेपाली काङग्रेस समर्थित बढी भएको हुनाले यो वडा अझै खास भएको छ ।
२०७९ सालको स्थानिय निर्वाचनमा भिडन्त गर्ने नेकपा एमाले र नेपाली काङग्रेस नै देखिएका छन । गाउ नगर समृद्घिको आधार,स्थानिय तहमा एमाले सरकार भन्ने मुल एजेन्डा सहित देश र समाज बचाउने अभियानमा लागेको भन्दै ऋषिराम बस्नेतको जित सुनिश्चित गर्नुपर्ने भन्दै एमालेले प्रचारप्रसार तिब्र पारेको छ ।
बस्नेत मतदाताको घरघरमा









