२०७४ को स्थानिय तह निर्बाचनमा बेशिसहर नगरपालीका वडा नं ९ मा नेकपा एमाले बाट शरद बरालले जीत हासील गरे । उनि सङग नेपाली काङग्रेसको राजकुमार गुरुङ प्रतीस्पर्धा गरेका थिए ।
अहिले भने उनै बरालले नेकपा एमालेको उमेद्वार बनेर घरदैलो अभियानमा उत्रिएका छन । उनि सफल ब्यबसायि पनि हुन । बरालले पुन उमेद्वारका रुपमा बेशिसहरका जनताले महशुस गर्ने गरी परिर्वतन गर्ने प्रतिबद्ता गरेका छन । युवा उधमको लागी शिपमुलक तालीम, आमा समुहहरुकोलागी नेतृत्व तथा क्षमता बिकास तथा तालीमहरु,सामुदायिक बन संरक्षण,मरणघाटलाई ब्यबस्थीत,सडक बत्तीको पहुच नपुगेको स्थानमा सोलार बत्तीको ब्यबस्था,वडाबाट दिईने सेवासुबिधा डिजिटलाईज गर्ने,सामुदायिक बिद्यालय,बालबिकास केन्द्रहरुको लागी आबश्यक भौतिक र शैक्षिक ब्यबस्थापन,वडा भित्रका सम्पुर्ण टोलहरु जोड्ने गरी आबश्यक ट्रयाक खोल्ने र खोलीएका ट्रयाकको स्तरोन्नती गर्ने,आमा समुहको निमार्णधिन भबनहरु कार्य सम्पन्न गराउन थप पहल गर्ने , जस्ता प्रतिबद्घता ब्यक्त गदै घरदैलो अभियान गरेको वडा अध्यक्ष उमेद्घर शरद बराल बताउछन ।
पुर्ब वडाध्यक्ष,युवासङका नेता तथा कार्यकर्ताहरु, त्यस्तै वडा कमीटी र टोल कमीटी लागी परेको छ । त्यस्तै यता नेपाली काङग्रेस बाट खुशीजङग गुरुङ चुनाबी मैदानमा उत्रिएका छन । उनि बैदेशिक रोजगार छोडेर नेपाल आएका हुन त्यस्तै जसपा बाट सुरेशकुमार गुरुङ पनि चुनाबी मैदानमा उत्रिएका छन् । बेशिसहर नगरपालीकाको महत्वपुर्ण वडा पनि लिने गरीएको छ वडा नं ९ लाई,नेकपा एमाले बाट मेयरको टिकट पाएर पहिलो कार्यकाल सक्काएका मेयर गुमानसिह अर्यालको गाउ पनि हो र पुन अर्यालले मेयर पदका लागी उमेद्घरी पाएपछि बिशोष कोणबाट हेरीएको वडा पनि हो । २०७९ सालको स्थानिय निर्वाचनमा भिडन्त गर्ने नेकपा एमाले र नेपाली काङग्रेस नै देखिएका छन । गाउ नगर समृद्घिको आधार,स्थानिय तहमा एमाले सरकार भन्ने मुल एजेन्डा सहित देश र समाज बचाउने अभियानमा लागेको भन्दै पुन शरद बराललाई जित सुनिश्चित गर्नुपर्ने भन्दै एमालेले प्रचारप्रसार तिब्र पारेको छ ।









