गोरखा, २०८१ चैत्र ७ –ग्लोबल आईएमई लघुवित्त लि. शाखा कार्यालय बुङकोट द्वारा आयोजित एक दिने वित्तीय साक्षरता तथा Global Money Week कार्यक्रम केन्द्र नं. ०००५ की सदस्य गीता लम्सालको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि सहिदलखन गाउँपालिका-८ का वडा अध्यक्ष बासुदेव ढकाल रहनुभएको थियो भने विशेष अतिथिका रूपमा सहिदलखन-७ का वडा अध्यक्ष सरण श्रेष्ठ, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत हरीकृष्ण जोशी, तथा अन्य सम्मानित अतिथिहरू उपस्थित थिए।
कार्यक्रमका अतिथिहरुमा प्रहरी चौकी प्रतिनिधि छक प्रसाद पाठक, फेवा टेलिभिजन लमजुङ संवाददाता प्रमोद अधिकारी, समाजसेवी मदन प्रसाद लम्साल, स्टेशन कार्यालय चन्द्रेश्वरका प्रमुख बिमल खनाल,ग्लोबल आईएमई लघुवित्त संस्था बुङकोट शाखाका प्रमुख अर्जुन बी.क. सहित कर्मचारीहरू रहनुभएको थियो ।

कुल १०५ जना सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाले समाजमा लगानी, बचत र वित्तीय व्यवस्थापनको महत्वबारे प्रशिक्षण, आगामी दिनमा सदस्यहरूलाई लाभान्वित गर्ने नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता, सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहयोगका लागि अनुरोध, अनुगमन अधिकृत बिमल खनालद्वारा सेवा-सुविधाबारे विस्तृत जानकारी तथा वित्तिय साक्षरता global money week को बारेमा जानकारी, सहभागीहरूका गुनासाहरू प्रमुख कार्यकारी अधिकृत हरीकृष्ण जोशीद्वारा समाधान गर्नु भएको थियो ।
कार्यक्रम सञ्चालन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था बुङकोट शाखाका प्रमुख अर्जुन बी.क. ले गर्नुभएको थियो भने प्रमुख अतिथि तथा अन्य अतिथिहरूले संस्थाले पुर्याइरहेको वित्तीय सेवाको महत्व र आगामी योजनाहरूबारे आफ्ना विचार राख्नुभएको थियो।
यो कार्यक्रम स्थानीय समुदायमा वित्तीय साक्षरताको स्तर वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।








