फागुन २९गोरखा÷साधना लघुवित्तले आफ्नो समुहमा आबद्ध किसानहरुका लागि एक दिने बाख्रा पालन तालिम सम्पन्न गरेको छ । साधना लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय पालुङटारले सोमबार ठाँटीपोखरी स्थित वनदेवी टोलको सभा हलमा एक दिने बाख्रा पालन तालिम सम्पन्न गरेको हो । १ सय ३७ वटा समुहमा ३७ सय सदस्यहरुलाई सेवा दीदै आएको साधना लघुवित्तले आफ्ना ५० जना सदस्यहरुलाई एक दिने तालिम दिएको हो ।
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै साधना लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय पालुङटारका प्रमुख दिनेश देबकोटाले आफ्ना सदस्यहरुलाई परम्परागत तरिकाबाट भन्दा पनि आधुनिक रुपमा व्यवसायिक ढङ्गबाट बाख्रा पालन गर्नका निम्ती समर्पित हुन आग्रह गर्नुृभयो । व्यवसायिक रुपमा बाख्रा पालन गर्दा आय आर्जनमा टेवा पुग्ने भन्दै उहाँले तालिममा आफुले सिकेका कुरालाई सदस्यहरुले व्यवहारमा लागु गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पालुङटार नगरपालिका भेटेनरी शाखाका डा. सुरज मरहट्टाले प्रशिक्षण गर्नुभएको तालिममा बाख्रलाई लाग्न सक्ने रोग र यसबाट बच्नका निम्ति अपनाउनु पर्ने सतर्कताको विषयमा समेत प्रकाश पार्नुभएको थियो ।








