फागुन, २२ गते, लमजुङ । राष्ट्रिय शारीरिक अपाङ्ग महासंघको गण्डकीको महासचिवमा लमजुङका चन्द्रकान्त निर्विरोध निर्वाचित हुनुभएको छ । फागुन २१ गते भएको प्रदेशको पहिलो अधिवेशनबाट पौडेल निर्वाचित भएका हुन् ।
राष्ट्रिय शारीरिक अपाङ्ग महासंघको गण्डकीको महासचिव पदमा निर्वाचित पौडेल अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष समेत हुन् । बेसीशहर नगरपालिका वडा नं. ८ शेरा बजार निवासी पौडेल अपाङ्गता भएका व्यक्तिहरुको हक र हितका लागि लड्दै आउनु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त पौडैलल पत्रकारिता पेशामा पनि आवद्ध छन् ।
अधिवेशनले अध्यक्ष पदमा कास्कीका जगन्नाथ सुवेदी निर्विरोध निर्वाचित भएका छन् । १५ सदस्यीय प्रदेश समितिको उपाध्यक्षमा स्याङ्जाका युवराज पराजुली, सचिव पदमा बाग्लुङका हुमनाथ शर्मा, कोषाध्यक्ष पदमा कास्कीका सविता पौडेल चयन भएका छन् । यसैगरी समितिको सदस्यहरूमा सीता कुँवर तनहूँ, रामचन्द्र विक कास्की, गणेश सुवेदी पर्वत, सानु थकाली मुस्ताङ, वलबहादुर तामाङ नवलपुर, सरीता केसी कास्की, गौरी दर्जी म्याग्दी र अञ्जना केसी कास्की चयन भएका छन् । यसैगरी सल्लाहकारहरूमा सुरेन्द्र केसी, अमर गुरुङ, विष्णु सिंग्देल र देव गुरुङ चयन हुनुभएको छ । त्यस्तै, आमन्त्रित सदस्यमा विश्वराज शर्मा, विनोदविक्रम विक र जमुना सुवेदी चयन भएका छन् । अधिवेशनमा गण्डकी प्रदेशका १० जिल्लाका ३५ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका सहभागिता थियो ।








