पालुङटार नगरपालिका वडा नम्बर ९ र १० का १५ जना महिलाहरूलाई ८ दिने गुडिया तथा कुसन बुनाई तालिम आज सम्पन्न भएको छ । मिरकोट जनजागृति समुदायिक सिकाई केन्द्र द्वारा संञ्चालित तालिमको आज पालुङटार नगरपालिका वडा नम्बर ९ का अध्यक्ष तथा पालुङटार नगरपालिका सामाजिक विकास समिति संयोजक भेज राज पाण्डेले गर्नु भएको थियोे । कार्यक्रममा प्रमुख अतिथी रहेका पाण्डेले यश तालिमबाट महिलाहरु आत्मनिर्भर हुनु पर्नेमा जोड दिनु भयो । अब महिलाहरूले यसलाई व्यवसायीक बनाउनु पर्ने र यसका लागि आँफुले सक्दो पहल गर्ने पनि बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बिशेश अतिथि पालुङटार नगरपालिका शिक्षा शाखा अधिकृत करुणा पनेरु हुनु हुन्थ्यो भने कार्यक्रमको सभापतित्व मिरकोट जनजागृति समुदायिक सिकाई केन्द्रका अध्यक्ष राम माया राना हुनु हुन्थ्यो । कार्यक्रममा बोल्दै बक्ताहरुले महिलाहरुले पाएका यस्ता अवसरहरु बाट आत्मनिर्भर र व्यवसायीक बन्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको संञ्चालन मिरकोट जनजागृति समुदायिक सिकाई केन्द्रका परिचालक सुब्बिनि लामिछानेले गर्नु भएको थियोे ।
८ दिने गुडिया तथा कुसन बुनाई तालिम सम्पन्न








