गोरखा – शहीद भोजराज घिमिरेको २३ औं स्मृति सभा सिरानचोक गाउँपालिकामा सम्पन्न भएको छ। ने क पा (माओवादी केन्द्र) जिल्ला कमिटी र शहीद भोजराज घिमिरे परिवारद्वारा आयोजित कार्यक्रममा विभिन्न अतिथिहरूको उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अमर तमु (ने क पा माओवादी केन्द्र, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज) रहेका थिए । कार्यक्रममा अतिथिका रूपमा भगवती तिवारी, राम बहादुर ढकाल र अकुर तिमल्सिना उपस्थित थिए । स्मृति सभाको अध्यक्षता सम्भु ढकालले गरेका थिए ।

कार्यक्रममा शहीद भोजराज घिमिरेका छोरा निर्माण घिमिरे र रुद्र पोखरेलले मन्तव्य राख्दै शहीदहरूको बलिदानलाई सम्मान गर्दै मुलुकमा स्थायित्व र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
सुवास ढकालले समापन गरेको कार्यक्रममा सहभागीहरूले शहीदहरूको सपना साकार पार्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।









