पालुङटा नगरपालिकाको वडा नम्बर २ को प्रयोजनमा नेपाल मगर संघ गोरखा क्षेत्र नम्बर २ ले आँपपिपलमा ४० घण्टाको मगरभाषा प्रशिक्षण कक्षा सुरू भएको छ ।
पालुङटार नगरपालिका वडा नम्बर २ को भाषा, कला, संस्कृति अन्तर्गतको बजेटमा मगरभाषा प्रशिक्षण कक्षा सुरू गरेको पालुङटार नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्ण बहादुर रानाले बताउनु भयो ।
गाउँमा रहेका पढेका र मगर भाषा बोल्न पनि जानेका ८ जनालाई गोरखा क्षेत्र नम्बर २ भित्रका विभिन्न भेजाका प्रशिक्षार्थीलाई भाषा प्रशिक्षण गरेको नेपाल मगर संघ गोरखा क्षेत्र नम्बर २ का अध्यक्ष समेत रहेका पालुङटार वडा नम्बर दुईका वडा अध्यक्ष कृष्ण बहादुर रानाले जानकारी दिनु भयो ।
प्रशिक्षक डा. बिष्णु सिंजाली मगरले गरिरहनु भएको अध्यक्ष रानाले बताउनु भयो । परीक्षा २० गते शनिबार समापन हुने छ ।








