काठमाडौँ, २९ माघ । नेपाल विद्यार्थी संघ बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको सम्झनामा दिप प्रज्वलन गरेको छ ।
नेविसंघ कान्तिपुर सिटि कलेजले आज बलात्कारपछि हत्या गरिएकी भट्टका बलत्कारीलाई कारबाही गर्न माग गर्दै आज साँझ दिप प्रज्वलन गरेको हो । कान्तिपुर सिटी कलेज नेविसंघका ईकाइ सभापति हेकाम बमको संयोजकत्वमा उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेविसंघका नेता किशोर गुरुङले दिनदहाडै धेरै युवतीहरु बलात्कार भएपनि सरकार मुकदर्शक बनेको आरोप लगाउनुभयो । “सरकार बलात्कारीको संरक्षणमा लागेको छ,”–उहाँले भन्नुभयो । उक्त कार्यक्रममा उक्त कलेजमा अध्ययनरत नेविसंघ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।








