अनेरास्ववियु गोरखा बहुप्रविधिक शिक्षालय क्याम्पस कमिटिको अध्यक्षमा सुरेन्द्र चाँदरा सर्वसम्मत चयन भएका छन् ।
सोमबार सम्पन्न क्याम्पस कमिटिको अधिवेशनले चाँदरालाई अध्यक्षमा सर्वसम्मत रुपमा चयने गरेको हो । चाँदराको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको अनेरास्ववियु गोरखा जिल्ला कमिटी संयोजक प्रताप ढकालले बताउनुभयो । उहाँका अनुसार कार्यसमितिको सचिवमा विपना विष्ठ चयन भएकी छन् ।

कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य प्रविन श्रेष्ठ रहनु भएको थियो । उहाँले विद्यार्थीको हकहितका लागि क्याम्पस कमिटि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै उहाँले अनेरास्ववियुमा आवद्ध विद्यार्थी, अनुशासित, मेहनती र पढाईमा अब्बल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियु गोरखा जिल्ला सहसंयोजक सुरज श्रेष्ठ, जिल्ला कमिटी सदस्य अश्विन थापा लगाएतको उपस्थिती रहेको थियो ।








