पालुङटार नगरपालिकामा आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम पुस १८ गते सोमबार बाट सुरु भएको छ ।
तिन दिन सम्म चल्ने कार्यक्रम पालुङटार नगरपालिकाको सभाहलमा सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथी रहनु भएकी नगर उपप्रमुख बन्दना पाण्डेले व्यानर पढेर उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख पाण्डेले स्थानिय रुपमा भएका औषधी जन्य जडिबुटी सदुपयोग गर्नका निम्ती सबै लागि पर्न अनुरोध गर्नु भयो । माहामारीको समयमा हाम्रो घर आँगनमा भएका जडिबुटीको उपयोग गर्ने गराउने काममा पनि सहजिकरण गर्न आग्रह गर्नु भयो । साथै कार्यक्रमा बोल्दै उपप्रमुख पाण्डेले यस्तो कार्यक्रम गरेकोमा धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रमको विषेश अतिथीका रुपमा रहनु भएका प्रध्यापक निर्मल भुषालले आयुर्वेद जिवन विज्ञान भएको जिकिर गर्नु भयो । त्यसैले आँफुहरुले मेरो स्वस्थ्य, मेरो जिम्बेवारी भन्ने मुख्य नाराका साथ काम गरिरहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा विषेश अतिथीका रुपमा गोरखा जिल्ला आयुर्वेद कार्यलयका प्रमुख प्रशान्त पण्डित लगाएतले मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै र कार्यक्रमको औचित्य प्रष्टाउँदै पालुङटार आयुर्वेद औषधालयका प्रमुख हितकाजी श्रेष्ठले महिला स्वास्थ्य स्वयम सेविकाहरुले विभिन्न समयमा खेल्नुभएको भुमिकाको प्रसंसा गुर्न भयो ।
शाखाका कविराज बसन्त घिमिरेले संञ्चालन गर्नु भएको कार्यक्रमको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीको अध्यक्षतामा औपचारिक रुपमा सुभारम्भ गरिएको थियो । औपचारिक कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकिय अधिकृत भण्डारीले आयुर्वेद शाखालाई धन्यवाद तथा शुभकामना दिदैँ यो कार्यक्रमले ठुलो महत्व राख्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा पुस १८ गते सोमबार सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकालाई सामुदायिक आयुर्वेद सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ भने । पुस १९ गते मंगलबार माध्यामिक तहमा स्वास्थ्य तथा शारिरीक शिक्षा अध्ययन गराउने शिक्षक शिक्षिकाहरुलाई आयुर्वेद, जिवनशैली र योग सम्वन्धि अभिमुखिकरण कार्यक्रम पालुङटार नगरपालिका वडा नं ४ को सभा हलमा हुनेछ । त्यस्तै कार्यक्रममा पुस २० गते बुधबार स्वास्थ्य संस्थाका प्रमुख, वडा अध्यक्ष आयुर्वेद व्यवस्थापन समितिलाई आयुर्वेद, जिवनशैली, योग र सकारात्मक सोच सम्वन्धि उत्प्रेरण अभिमुखि करण कार्यक्रम पालुङटार नगरपालिका वडा नं ४ को सभा हलमा नै हुनेछ ।








