नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी लमजुङको ८ औं जिल्ला अधिवेशनको बन्दसत्रमा मिडिया डेस्क स्थापना गरिएको छ ।
जिल्ला समन्वय समिति लमजुङको सानो हलमा एउटा कोठामा डेस्क स्थापना गरिएको हो । ८ औं जिल्ला अधिवेशनको प्रचारप्रसार उपसमितिले मिडिया डेस्क स्थापना गरेको ८ आंै जिल्ला अधिवेशन उपसमितिका संयोजक कृष्ण के.सी.ले बताउनुभयो । उहाँका अनुसार शनिबार विहानबाट जिल्ला समन्वय समितिको सभाहलमा बन्दसत्र सुरु भएसंगै विहानै डेस्क स्थापना भएको हो । उपसमितिका पदाधिकारी पुगेर डेस्क बनाएका हुन् । डेस्कबाट बन्दसत्रको सूचना सहज रुपमा प्रचारप्रसार गरिएको बताउनुभयो । मिडिया डेस्कमा पत्रकारका लागि कुर्ची, टेबलको ब्यवस्था गरिएको छ । आ-आफ्नै ल्यापटप, कम्प्युटरबाट पत्रकारले काम गरेका छन् । बन्दसत्रको आधिकारिक सूचना संकलन गरी समाचारमार्फत डेस्कबाट जानकारी गराइएको छ । जिल्लाका विभिन्न रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलाई मिडिया डेस्कबाट जानकारी दिने गरिएको छ । पत्रकारलाई सूचना प्रसारण तथा प्रकाशनका लागि सहज बनाउन मिडिया डेस्क बनाइएको प्रचारप्रसार उपसमितिले जनाएको छ ।
एमाले लमजुङको अधिवेशन बन्दसत्रमा मिडिया डेस्क स्थापना








