नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा गोरखाको २७ औं साधारण सभा तथा ९ औं अधिवेशन आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । नारायण बाबु आचार्यको अध्यक्षता र प्रदेश उपाध्यक्ष श्री रोहिणी राज लौडारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आज भएको ९ औं अधिवेशनबाट अध्यक्षमा राजन जंग थापार बरिष्ठ उपाध्यक्ष, टेक बहादुर उपरकोटी, द्धितिय उपाध्यक्ष खोप बहादुर अधिकारी, सचिवमा रमेश भट्ट, कोषध्यक्ष, कुल बहादुर खड्का र सदस्यहरुमा मेजन खत्री, विष्णु दाहाल, खिल बहादुर सिर्मल, टिका बहादुर तामाङ, प्रकाश रोका, मधु खड्का, विकास बाबु परियार र कानुनी सल्लाहकारमा रमेश अधिकारी चयन हुनु भएकाा छन् । केन्द्रीय प्रतिनिधिमा श्री विनोद पन्त, नारायणबाबु आचार्य, संझना राना र सविन बस्नेत चयन भएका छन् भने महिला समिति सभापति, पम्फा खत्री , बरिष्ठ उपाध्यक्ष, दुर्गा राना, सचिव सम्झना वयलकोटी, कोषाध्यक्ष, सिता था र सदस्यहरुमा हरिमाया उपरकोटी, सानुमाया बानीया, विनिता बराम, पार्वती कार्की चयन भएका संस्थाका सचिव रमेश भट्टले जनाकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा गोरखाको २७ औं साधारण सभा सम्पन्न








