चितवनको आईसी प्रालिबाट भोलिदेखि निःशुल्क घर र भवनको नक्सा बनाउने इन्जिनीयरिङ सेवा सुरु
चितवन, ९ माघ । विस २०७४ सालमा स्थापना भएको यस आईसी प्रालिले चितवनमा निशुल्क घर तथा भवनको नक्सा बनाउने गरी इन्जिनीयरिङ सेवा सुरु गरेको छ ।
भरतपुर महानगरपालिका–१६ मङ्गलपुरमा मुख्य कार्यालय रहेको उक्त प्रालिले राप्ती–५, भण्डारा र भरतपुर–११, मालपोतचोक मा शाखा कार्यालय खोलेर सेवा प्रदान गर्दै आएको छ । चार जनाको संयुक्त लगानीमा रहेको उक्त प्रालिले भोलिदेखि लागु हुने गरी निःशुल्क घर तथा भवनको नक्सा बनाउने प्याकेज सहित अगाडि ल्याएको हो ।
इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एवम् प्लम्बिङ क्षेत्रहरुमा सेवा उपलब्ध गराउने, जसमा सिभिलतर्फ वास्तु शास्त्रअनुसार भुकम्प प्रतिरोधात्मक घरको नक्सा डिजाईन, सम्पूर्ण सामगूी सहित घर तथा भवनको ठेक्का पट्टा, सुभरभिजन, धितो मुल्यांकन, इस्टिमेटिङ, सर्भे, मास्टर प्लान, एक्सटेरियर एण्ड इन्टेरियर डिजाईन, प्लटि·, स्टक्चर एनालाईसीस र इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स एवम् प्लम्बि· तर्फ इलेक्ट्रिल लोड क्यालकुलेशन र इलेक्ट्रीकल लाइट डिजाईन, इलेक्ट्रीकल तथा पलम्बि· सामानहरु सुपथ मुल्यमा उपलब्ध गराउने भएको छ ।
यस्तै, जेनेरेटर, ए.सी., फ्रिज, इन्भटर, मोटर, धारा र पंखा) मर्मत तथा सम्भार, सि.सी. क्यामरा जडान तथा मर्मत, हाउ वायरिङ, इन्डस्ट्रीयल वायरिङ र फेज÷थ्री फेज सम्बन्धी तालिम तथा निःशुल्क उचित परामर्श दिने प्रालिले जनाएको छ ।
उक्त बाट सिभिल र इलेक्ट्रीकल गरी दुवै क्षेत्रमा विभिन्न प्याकेजहरु सहित मासिक तथा वार्षिक सम्झौता गरी समुदायमा भईरहेको टेक्नीसियनहरुको नाममा चरम शुल्क उठाउने कार्य नियन्त्रण गर्दै दक्ष जनशक्तिहरुबाट सुरक्षित एवम् भरपर्दाे सेवा लिन सक्ने प्रालिका सञ्चालक विश्व शर्माले बताउनुभयो ।
त्यसैगरी दक्ष तथा अनुभवी प्राविधिकहरुबाट विकसित राष्ट्रहरुमा जस्तो छिटो छरितो एवम् गुणस्तरीय सेवा शुलभ दरमा प्राकृतिक प्रकोपहरुको जोखिम न्यूनीकरण हुनेगरि प्राविधिकीय रुपमा सेवा उपलब्ध गराउने जानकारी प्रालिका अर्का सञ्चालक उत्तम विकले बताउनुभयो ।
प्रालिका सञ्चालक सौगात पौडेलले चितवनको एकमात्र निःशुल्क घर तथा भवनको नक्सा बनाउने प्याकेज सहित एकैठाउँ बाट सम्पूर्ण इन्जिनीयरि· सेवा दिने संस्था भएकोले तनाव रहित भई ढुक्क भएर आवश्यकता अनुसार उपलब्ध सेवाहरु लिन आग्रह गर्नुभयो ।
ग्राहकहरुको माग अनुसार उक्त प्रालिले कामको दायरालाई बढाउदै नेपालका अन्य ठुलाठुला शहरहरुमा पनि विस्तार गर्दै लैजाने योजना रहेको प्रालिका अर्का सञ्चालक विवेक खनालले बताउनुभयो । प्रालिबाट सेवा लिनका लागि ०५६–५०२०४८ मा फोन गर्नसमेत आग्रह गरिएको छ ।








