चैत्र १७, शनिबार । काठमाडौं । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको दिल रोएको बेलागीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो म्यूजिक भिडियो अविदित फाउन्डेसनले सार्वजनिक गरेको हो ।
यस गीतमा प्रसिद्ध गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन् । नारायण रेग्मीको शब्द रहेको यस गीतको म्यूजिक भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल अनुप जंग थापाले अभिनय गरेका छन् ।
म्यूजिक भिडियो ओएसआर डिजिटल मार्फत् सार्वजनिक गरिएको हो । यस गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको अविदित फाउन्डेसनका अध्यक्ष अनुपजंग थापा (विचित्र) ले बताए । नेपाली गीत, संगीत संरक्षण गर्ने उद्देश्यले यस फाउन्डेसन स्थापना गरिएको हो । फाउन्डेसन नेपाली गीत, संगीतको संरक्षण गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय छ । गीत संगीतबाट आएको आम्दानी फाउन्डेसन मार्फत् परोपकारी कार्यमा खर्च गर्दै आएको अध्यक्ष थापा बताउँछन् ।

लामो समयपछि मिठो गीतदर्शक श्रोतामा ल्याउन सफल भएकोमा गायक स्वरुपराज आचार्य, गायिका अन्जु पन्त संगीतकार लक्ष्मण पोखरेल गीतकार र नारायण रेग्मी खुसी भएको अध्यक्ष थापाले बताए । यस गीतको म्यूजिक भिडियो मुकेश हुमागाइले छायाङ्कन गरेका हुन् । यसमा राहुल बराइलीको कोरियोग्राफी, बिनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ रहेको छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले सो म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।








